भावनगर । भारतको गुजरातस्थित भावनगरमा हत्या आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले अपराधस्थल पुनर्निर्माणका क्रममा डोरीले बाँधेर सार्वजनिक रूपमा लाठीले कुटेको भिडियो भाइरल भएपछि प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
लिभ–इन पार्टनर काजल बरैयाको हत्या आरोपमा पक्राउ परेका फैजल उर्फ खटकी रफिक लखानीलाई प्रहरीले भावनगरस्थित जीएसआरटीसी बस स्ट्यान्डमा अपराधस्थल पुनर्निर्माणका लागि लगेको थियो । सोही क्रममा उनलाई डोरीले बाँधेर प्रहरीको गाडी तथा बस स्ट्यान्ड परिसरमा सार्वजनिक रूपमा लाठीले कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार फैजलले सेप्टेम्बर ३ मा काजल र उनका परिचित रविमाथि आक्रमण गरेका थिए । गम्भीर घाइते काजलको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार फैजल र काजल करिब सात वर्षदेखि लिभ–इन सम्बन्धमा थिए । फैजललाई शुक्रबार हत्या आरोपमा पक्राउ गरिएको थियो ।
अपराधस्थल पुनर्निर्माणका क्रममा भएको कुटपिटबारे नीलमबाग प्रहरी थानाका निरीक्षक डीपी उनाडकटले कारबाहीको बचाउ गरेका छन् । उनले घटना ‘अत्यन्त दुर्लभ’ प्रकृतिको भएको र महिलामाथि हुने अपराधविरुद्ध कडा सन्देश दिन यस्तो गरिएको दाबी गरेका छन् । प्रहरीका अनुसार फैजलविरुद्ध यसअघि पनि अपहरण, प्रहरीमाथि आक्रमण तथा लुटपाटलगायतका मुद्दा थिए ।
तर प्रहरीको यो दाबीले कानुनी प्रश्न झनै गम्भीर बनाएको छ । गुजरातका तत्कालीन प्रहरी महानिर्देशक केएलएन रावले गत मे १२ मै प्रहरीलाई आरोपीलाई हातमा हत्कडी लगाएर, डोरीले बाँधेर वा सार्वजनिक रूपमा परेड गराउन रोक लगाएका थिए । त्यस्तै सार्वजनिक स्थानमा आरोपीलाई उठबस गराउने, घुँडाले हिँडाउन, लात हान्ने वा लाठीले कुट्ने जस्ता व्यवहारसमेत नगर्न निर्देशन दिइएको थियो । यस्ता गतिविधिले प्रहरीको छवि बिगार्ने भन्दै आदेश उल्लंघन भएमा वरिष्ठ प्रहरी अधिकारीलाई समेत जिम्मेवार बनाइने उल्लेख थियो ।
यही पृष्ठभूमिमा भावनगर प्रहरीको पछिल्लो गतिविधिलाई लिएर मानवअधिकार तथा कानुनी क्षेत्रमा प्रश्न उठेको छ । नागरिक अधिकार समूह पीयूसीएलले घटनालाई लिएर प्रहरी अधिकारीविरुद्ध कानुनी नोटिससमेत पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हत्या आरोपमा अनुसन्धान र प्रमाण संकलन गर्नु प्रहरीको कानुनी जिम्मेवारी भए पनि पक्राउ परेका व्यक्तिलाई अदालतबाट दोषी ठहर हुनुअघि सार्वजनिक रूपमा सजाय दिन मिल्ने वा नमिल्ने विषयमा यो घटनाले फेरि बहस चर्काएको छ । फैजललाई पछि न्यायिक हिरासतमा पठाइएको जनाइएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्



