धनुषामा सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै ठगी गर्ने दम्पती पक्राउ
घटनापछि फरार रहेका उनका श्रीमान् करिब ४० वर्षीय प्रदीप साह सोनारलाई पनि प्रहरीले खोजतलास गर्ने क्रममा भदौ १५ गते जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सोनारलाई नियन्त्रणमा लिएपछि मँगलबार जिल्ला अदालत धनुषाबाट मिलान म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

२०८३ भदौ १६ मंगलबार, राति ९:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सुनचाँदी लिएर ठगी गरेको आरोपमा धनुषामा एक दम्पती पक्राउ परेका छन् ।
धनुषाका विभिन्न स्थानमा बसोबास गर्ने १७० जना पीडितले दिएको संयुक्त जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साबेला नगरपालिका–६ बस्ने ३५ वर्षीया रामतोला देवी साहलाई भदौ २ गते पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला अदालत धनुषाबाट म्याद अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका उनका श्रीमान् करिब ४० वर्षीय प्रदीप साह सोनारलाई पनि प्रहरीले खोजतलास गर्ने क्रममा भदौ १५ गते जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोनारलाई नियन्त्रणमा लिएपछि मँगलबार जिल्ला अदालत धनुषाबाट मिलान म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
पीडितहरूले विभिन्न मितिमा सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सुनचाँदी लिएर ठगी गरेको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…