जनकपुरमा आलिशान बँगला, कैयौँ कित्ता जग्गाः साईकल चढेर जाने प्रअ मण्डलले कसरी जोडे BYD कारसहित करोडौँको सम्पति ?

२०८३ श्रावण ३ आइतबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । “मै भगवान हुँ” भनेर अहँकार पालेका धनुषा गिद्धाबेलापट्टि विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलको नाममा करोडौँको सम्पति भेटिएको छ । 

विद्यालयमा साईकल चढेर पढाउन जाने गरेका मण्डलले हेडमास्टर बनेपछि विभिन्न स्थानमा करोडौँको जग्गा जमिन किनेको पाईएको छ । धनुषा शहिदनगर नगरपालिका वडा नं. ८ स्थायी बासिन्दा रहेका प्रअ मण्डलले गिद्धास्थित रहेको विद्यालयसँगै कैयौँ कित्ता किनेको प्रमाण भेटिनुको साथै अन्य ठाउँमा उनको करोडौँको सम्पति भेटिएको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ क्याम्पसचौक (राराब कलेज नजिक, नेपाली काँग्रेसको पार्टी कार्यालय) स्थित उनको कित्ता नं. ५३४ मा चार तल्ले आलिशान घर छ । त्यो जग्गा र घर हेडमास्टर पवन मण्डलले हेडमास्टर बनेपछि बनाएको विद्यालयका पूर्व अध्यक्ष संजीव कुमार मण्डलले बताए । 

उनले भने–“जेनजी आन्दोलनपछि बनेको यो बालेन सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलतामा काम गरिरहेको छ । एउटा हेडमास्टरले यतिको सेवा अवधिमा करोडौँको यत्रो सम्पति, अकूत सम्पनि कमाएको प्रमाण हुँदाहुँदै एक्सन लिन्छ त ?, उनले यत्रो सम्पति कसरी जोडे ? कति तलब छ उसको ? कहाँबाट ल्यायो ? यसको छानबिन हुनुपर्छ ।''

सोही ठाउँमा ५६१ नम्बरको कित्तामा उनले मात्र कार पार्किँग राखेका छन् । सोही सालमा किनेको त्यो जग्गामा हेडमास्टर पवन मण्डलले आफ्नो बिवाईडी BYD EV कार पार्किँग गर्छन् । सो कित्ता पनि मण्डलकै नाममा देखिएको छ । 

हेडमास्टर बनेसम्म साईकल चढेर स्कूल जाने मण्डल हेडमास्टर बनेपछि केही बर्षमै बिवाईडी (BYD EV) कार पनि जोडे । मधेश प्रदेश ०२ ००१ च १७७९ नम्बरको ईभी कार उनकी श्रीमति अमिरती देवी मण्डलको नाममा राखिएको पाईएको छ । नेपालमा BYD Atto-2 EV को ५२ लाख रुपैयाँ बढी मूल्य रहेको छ ।

बालेन सरकार बनेपछि सम्पति शुद्धिकरणमा पर्ने डरले उनी त्यो कार श्रीमतिको नाममा सारेको बुझिएको छ । सो कार रामजानकी ट्रेडर्स जनकपुरधामबाट खरिद भएको पाईएको हो । जानकारी अनुसार, यो भन्दा अगाडी अर्कै कार किनेका थिए । यो दोस्रो कार हो ।

२०७७ सालदेखि प्रअ मण्डलको नाममा कैयौँ कित्ताहरु नामसारी भएको पाईएको छ । मालपोत कार्यालय धनुषाको रेकर्ड अनुसार १३ ठाउँमा जग्गा जमिन किनेको पाईएको हो । 

विद्यालयमा विगतदेखि नै सरस्वति पूजाको नाममा उठने चन्दा, गमला किन्न उठाइने चन्दा,ओजिटीको नाम आउने रकम, गरिब, विपन्नको बालच्चाको दिवाखाजामा घोटाला, कोचिँग कक्षाको नाममा असुलिएको लाखौँ लाख रकम, भौतिक पूर्वाधार निर्माणको नाममा भएको अनियमितताबाट उनले सम्पति आर्जन गरेको आरोप छ । यसका साथै, विभिन्न तहको परीक्षामा राम्रो मार्क दिने, चिट चोरी गराईदिने भनेर विद्यार्थीहरुबाट असुलिएको रकमले सम्पति जोडेको आरोप छ ।

यस सन्दर्भमा सोधपुछका लागि प्रअ मण्डलको मोबाईलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् । 

  • 0%
  • 30%
  • 0%
  • 0%
  • 10%
  • 20%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ श्रावण ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus