ब्यूरो-रिपोर्टरकमला नगरपालिकाभरिका स्कूलहरु अनिश्तिकालिन बन्द, तलब माग्दै शिक्षकहरु धर्नामा
शिक्षकहरुले तलबभत्ताको ग्यारेन्टी नगरेसम्म अनिश्चितकालिन विद्यालयहरु बन्द रहने अडान लिएका छन् भने नगर प्रमुख विशेश्वर यादवले एक महिनाको समय मागेका छन् । एक महिनामा तलबभत्ता खुवाउने उनले बताएका छन् । शिक्षकहरुले ग्यारेन्टी मागेपछि उनले ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएपछि शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिएका छन् । कमला नपा २ स्थित रहेको जनहित मावि विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवको सँयोजकत्वमा गठित शिक्षकहरुको आन्दोलन समितिले माग पुरा नभएसम्म विद्यालय नखुल्ने बताए ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर











