प्रमुख समाचारजसपा मधेश प्रदेशको अध्यक्षको लागि यादव भर्सेज यादव भिडने
योगेन्द्र राय यादव विद्यार्थी जीवनदेखि नै मधेशमै आधारित रही राजनीति गर्दै आएका नेता हुन्। उनी समाजवादी युवा संघका पूर्वअध्यक्षसमेत रहिसकेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवका नजिकका सहयोगीका रूपमा लामो समय काम गरिसकेका उनले संगठन निर्माणमा गरेको योगदानलाई आधार बनाएर उम्मेदवारी घोषणा गरेका हुन्। आफू निर्वाचित भएमा ०८४ को चुनावी मिशन सफल बनाउने दाबी उनले गरेका छन्।
१ वर्ष अगाडि · प्रमुख समाचार











