गाउँ / समाजमहोत्तरीको कञ्चनवनमा आज परिक्रमाको धार्मिक लस्करले होली खेल्ने
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् । कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।
२ वर्ष अगाडि · गाउँ / समाज











