सप्तरीमा कांग्रेस बन्यो ठूलो दल
जिल्लाको पाँच वटा पालिका जितेको तत्कालीन राजपा यसपटक तीन वटा गाउँपालिको अध्यक्षमा सिमित भएको छ । महादेवा, रूपनीमा अध्यक्ष र उपाध्यक्ष जितेको राजपाले छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । पार्टी एकता र विभाजनपछि पाँचमध्ये चार वटा पालिका प्रमुख जसपातिर लागेपनि प्रमुख पदमा जसपा जत्तिकै जित हासिल भएको राजपाका जिल्लाअध्यक्ष सुनिल झा बताउनुहुन्छ । लोसपाले आफ्नो नेतृत्वमा रहेको तिलाठी कोईलाडी गाउँपालिका जोगाउन नसके पनि जिल्लाका तीन गाउँपालिकाको अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ । महादेवा र रूपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका उम्मेदव
४ वर्ष अगाडि · देश काल










