जन्मदिनमा तरुण दलका जिल्ला सचिव शेखर यादवद्वारा १०० बालबालिकालाई शैक्षिक सामग्री वितरण
“हाम्रा बालबालिकालाई यसरी समय–समयमा कापी, कलम उपलब्ध गराइदिए पढ्न पठाउन पनि हामीलाई सहज हुन्छ,” सदायले भने।

२०८३ मंसिर १२ शनिबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल तरुण दलका जिल्ला सचिव शेखर यादवले आफ्नो जन्मदिनको अवसरमा दलित बस्तीका करिब १०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका–८ स्थित आफ्नै गाउँको मुसहर बस्तीमा पुगेर यादवले बालबालिकालाई दुई–दुई थान कापी र बलपेन वितरण गरेका हुन्।
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको यादवले बताए। अनावश्यक खर्च र तडकभडकपूर्ण उत्सवभन्दा विपन्न समुदायका बालबालिकाको पढाइमा सानो भए पनि योगदान पुर्याउने सोचले कार्यक्रम आयोजना गरिएको हो।
शैक्षिक सामग्री प्राप्त गरेपछि स्थानीय मुसहर समुदायका ग्यानी सदायले खुसी व्यक्त गरे। यस्ता सहयोगले बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई समेत सहज हुने उनले बताए।
“हाम्रा बालबालिकालाई यसरी समय–समयमा कापी, कलम उपलब्ध गराइदिए पढ्न पठाउन पनि हामीलाई सहज हुन्छ,” सदायले भने।
उनले जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर सहयोग गरेकोमा यादवप्रति धन्यवाद व्यक्त गरे।
जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यस कार्यको स्थानीयले प्रशंसा गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…