भारतः हिन्दु परम्परा रोक्ने मुख्यमन्त्री बिजयलाई सर्वोच्च अदालतको कडा झट्का, दीपम प्रज्वलन गराउन आदेश
शुक्रबार साँझ मुख्यमन्त्री विजयले मुख्य सचिव, मन्त्री तथा वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय बैठकसमेत गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि सीआरपीएफका सुरक्षाकर्मी मदुरै पुगिसकेका छन्।

२०८३ मंसिर १२ शनिबार, बिहान ८:११ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको तमिलनाडुमा धार्मिक परम्परा र दीपम प्रज्वलनलाई लिएर चर्किएको विवादमा सर्वोच्च अदालतले राज्य सरकारलाई कडा झट्का दिएको छ। मदुरैस्थित तिरुप्परङ्कुन्द्रम पहाडमा रहेको विवादित दीपस्तम्भमा कार्तिगई दीपम प्रज्वलन गर्न आदेश दिँदै अदालतले पहाड तथा मन्दिर क्षेत्रको सुरक्षाको जिम्मेवारी केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) लाई सुम्पेको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अरविन्द कुमार र विपुल एम। पञ्चोलीको इजलासले यसअघि दिएको आदेश कार्यान्वयन नगरेको भन्दै तमिलनाडु सरकार र सम्बन्धित अधिकारीहरूप्रति कडा असन्तुष्टि जनाएको हो। अदालतले शनिबार अर्थात् नोभेम्बर २८ मा पहाडको दीपस्तम्भमा दीपम प्रज्वलन गर्न निर्देशन दिएको छ।
यसअघि नोभेम्बर २० मा सर्वोच्च अदालतले एकपटकका लागि उक्त दीपस्तम्भमा दीप प्रज्वलन गर्न अनुमति दिएको थियो। तर नोभेम्बर २४ मा परम्परागत स्थान उचिपिल्लैयार मण्डपमा मात्रै दीप प्रज्वलन गरिएपछि विवाद थप चर्किएको थियो। अदालतको आदेश र उच्च अदालतसमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै धार्मिक पक्षबाट अवहेलना निवेदन दायर गरिएको थियो।
सर्वोच्च अदालतले राज्यका कार्यकारी अधिकारीहरूले राजनीतिक नेतृत्वको निर्देशनमा अदालतको आदेश अवज्ञा गरेको हुन सक्ने आशंकासमेत व्यक्त गरेको छ। यस प्रकरणमा मुख्य सचिव, प्रहरी महानिर्देशक -डीजीपी), मदुरैका जिल्ला अधिकारीसहित १३ जनालाई अदालतको अवहेलनासम्बन्धी जवाफ दिन नोटिस जारी गरिएको छ।
अदालतले मन्दिरको सञ्चालक समिति पनि तत्कालका लागि निलम्बन गर्दै मद्रास उच्च अदालतका पूर्वन्यायाधीश एस। वैद्यनाथन र वी। पार्थिबनलाई मन्दिर व्यवस्थापनको जिम्मेवारी दिएको छ।
अझ महत्वपूर्ण रूपमा, अदालतले तमिलनाडु प्रहरीबाट आदेश कार्यान्वयनमा कमजोरी भएको भन्दै मन्दिर, पहाड र त्यहाँस्थित दरगाह क्षेत्रको सुरक्षा सीआरपीएफलाई जिम्मा लगाएको छ। दुवै धार्मिक स्थलमा श्रद्धालुहरूले आ–आफ्नो धार्मिक अनुष्ठान निर्वाध रूपमा गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
यस घटनाले तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता विजय नेतृत्वको तमिलगा वेत्री कझगम ९टीभीके० सरकारलाई गम्भीर राजनीतिक र कानुनी दबाबमा पारेको छ। विजयको नेतृत्वमा रहेको सरकारले अदालतको अघिल्लो आदेश कार्यान्वयन गर्न नसकेको विषय अहिले राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको छ।
पूर्वमुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले विजय सरकारको कडा आलोचना गर्दै सर्वोच्च अदालतको आदेशलाई राज्य सरकारका लागि गम्भीर धक्का भनेका छन्। उनले सरकारको कमजोर पैरवी र मुख्यमन्त्रीको मौनताले तमिलनाडुको धार्मिक परम्परा तथा राज्यको अधिकारमाथि प्रश्न उठाएको आरोप लगाएका छन्।
उता, भारतीय जनता पार्टी र हिन्दुत्ववादी संगठनहरूले सर्वोच्च अदालतको आदेशलाई धार्मिक आस्थाको सम्मान र कार्तिगई दीपम परम्पराको पक्षमा आएको महत्वपूर्ण निर्णयका रूपमा स्वागत गरेका छन्। हिन्दू संगठनका कार्यकर्ताहरूले मिठाई बाँडेर तथा पटाका पड्काएर खुसी व्यक्त गरेका छन्।
शुक्रबार साँझ मुख्यमन्त्री विजयले मुख्य सचिव, मन्त्री तथा वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय बैठकसमेत गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि सीआरपीएफका सुरक्षाकर्मी मदुरै पुगिसकेका छन्।
तर यस घटनालाई हिन्दुत्ववादी संगठनहरूले धार्मिक अधिकारको विजयका रूपमा व्याख्या गरिरहँदा अदालतको निर्णयको वास्तविक कानुनी दायरा पनि महत्वपूर्ण छ। सर्वोच्च अदालतले यसपटक दीपम प्रज्वलनका लागि आदेश दिएको हो, पहाडको स्वामित्व वा दरगाह तथा मन्दिरबीचको सम्पत्तिसम्बन्धी विवादको अन्तिम फैसला गरेको होइन।
डिसेम्बर १५ मा हुने अर्को सुनुवाइमा राज्यका उच्च अधिकारीहरूले अदालतको आदेश कार्यान्वयन नगर्नुको कारण स्पष्ट पार्नुपर्नेछ। त्यसैले तिरुप्परङ्कुन्द्रमको दीपम विवाद अब धार्मिक परम्पराको विषयमा मात्र सीमित नरही मुख्यमन्त्री विजय नेतृत्वको सरकारको प्रशासनिक जवाफदेहिता र न्यायपालिकाको आदेश कार्यान्वयन क्षमतासँग समेत जोडिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…