शुक्रबारदेखि जनकपुरको गिरिजा सिनेमा हलमा निम करोली बाबा उपर बनेको चर्चित फिल्म हनुमान अंश चल्ने
धार्मिक आस्थाले जोडिएको सो फिल्ममा निम करौरी बाबाको जीवनगाथा देखाईएको छ । भारतको कैँची धाममा मन्दिर रहेको निम करौरी बाबाको जीवनमा आधारित सो फिल्म दिनानुदिन हिट हुँदै गएको छ । जनकपुरमा समेत निम करौरी बाबा अनुवायीहरु, धार्मिक आस्था राख्नेहरुले आग्रह गरेपछि फिल्म चलाउने गिरिजा सिनेमाले जनाएको छ

२०८३ भदौ २४ बुधबार, बिहान ७:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय हिन्दी भाषाको फिल्म हनुमान अंश जनकपुरको गिरिजा सिनेमा हलमा यही शुक्रबारदेखि चलाइने भएको छ ।
भारतमा सो फिल्मको चर्चा आकाशिएपछि जनकपुरको गिरिजा सिनेमा हलले शुक्रबारदेखि पर्दामा दिने भएको छ । भारतको कैँचीधाममा रहेको निम करौरी बाबाको जीवनमा आधारित फिल्म हनुमा अंक सुपरहिट साबित भएपछि गिरिजाले जनकपुरमा चलाउने भएको छ ।
धार्मिक आस्थाले जोडिएको सो फिल्ममा निम करौरी बाबाको जीवनगाथा देखाईएको छ । भारतको कैँची धाममा मन्दिर रहेको निम करौरी बाबाको जीवनमा आधारित सो फिल्म दिनानुदिन हिट हुँदै गएको छ ।
जनकपुरमा समेत निम करौरी बाबा अनुवायीहरु, धार्मिक आस्था राख्नेहरुले आग्रह गरेपछि फिल्म चलाउने गिरिजा सिनेमाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…