पीडितको आक्रोशलाई पीडा व्यक्त गर्ने माध्यम मान्नुपर्छ, अनावश्यक टिप्पणी गर्ने अपराधी हुनः प्रम बालेन

२०८३ भदौ २१ आइतबार
बिहान ०८:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन् ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोशलाई आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यमका रूपमा बुझ्नुपर्ने बताएका हुन् ।

उनले पीडामा रहेका नागरिकको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले संवेदनशील अवस्थामा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने प्रयास गर्नेहरूलाई अपराधीको संज्ञा दिएका छन् ।

“आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो । एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो । हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ,” प्रधानमन्त्री शाहले भनेका छन् ।

उनले पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिन खोज्नेहरूप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन् ।

“यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् । ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,” उनले भनेका छन् ।

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति बाढीमा आफन्त तथा परिवारका सदस्य गुमाएका नागरिकको आक्रोश र पीडालाई सरकारले गम्भीरतापूर्वक लिएको सन्देशका रूपमा आएको छ ।

बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि उद्धार, खोजी तथा राहतको विषयमा प्रभावित परिवार र सरकारबीच विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाहले पीडितको आक्रोशलाई विरोधका रूपमा मात्र नबुझी त्यसपछाडिको पीडा बुझ्नुपर्ने बताएका हुन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरबाट रसुवा बाढीपीडितका लागि राहत सामग्रीसहित टोली प्रस्थान

  • २०८३ भदौ २१ आइतबार

जनकपुरधाम । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि जनकपुरबाट राहत सामग्रीसहितको टोली रसुवातर्फ प्रस्थान गरेको छ । विपद्को कठिन घडीमा रसुवाका बाढीपीडितलाई मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले एकता

पूरा पढ्नुहोस्

Bureau Menus