देश कालरातारात मुख्यमन्त्री नियुक्त गरी होटलमा सपथ खुवाएपछि प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा कर्ण
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । भण्डारीले आज विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो । प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ ।
११ महिना अगाडि · देश काल










