स्वरसम्राट 'रविराज साह'लाई सिरहामा भव्य सम्मान
रविराज सिंगिङ शोबाट बाहिरिएपनि दर्शकको मनबाट भने कहिले नबाहिरिने बन्न सफल भएका छन् ।

२०७६ असोज २४ शुक्रबार, राति ८:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका स्वरसम्राट रविराज साहलाई सिरहामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
लोकस्टारको टप ५ को फाईनलसम्म पुग्न सफल भएका रविराजलाई सिरहामा उनका शुभचिन्तकहरुले भव्य स्वागत एवं सम्मान गरेका हुन् । शुक्रबार बेलुकी सिरहाको मिर्चैयामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा रविराजलाई गम्छा र अबिर लगाएर भव्य सम्मान गरिएको छ ।
आफ्नो दमदार गायन कलाले लोकस्टारमा अत्यधिक चर्चा पाएका तथा मधेशको शानको उपमा पाएका रविराजलाई स्वागत गर्दै बधाई र प्रगतिको कामना गरेका छन् । रविराजले लोकस्टारमा सहभागी भएपछि देश दुनियाँले चिनेकोमा आफूलाई खुशी लागेको बताए ।
उनले भने, 'म अझ मेहनत गरेर भविष्यमा सफल गायक बनेर देशमा आवाजले नै चिनाउनेछु ।' लोकस्टारमा निरन्तरको आफ्नो नयाँ अन्दाजका दमदार प्रस्तुतिका कारण उनी अत्यधिक चर्चा पाएपनि भोट भने चाहिने जति नपाएर बाहिरिन पुगे ।
रविराज सिंगिङ शोबाट बाहिरिएपनि दर्शकको मनबाट भने कहिले नबाहिरिने बन्न सफल भएका छन् ।
रविराज साह लोकस्टारमा रहँदा न्यूज ब्यूरोले उनको लागि समाचार मार्फत् गरेका प्रयासहरु :
नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?
मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !
नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला
'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी
टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?
रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?
खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता
नेपाल लोकस्टारमा 'रविराजसँग अन्याय' गरिँदै !
मधेशका रविराज 'एलै एक नटिनियाँ रे जान' गाएपछि फेसबुकमा भाईरल !
रविराजलाई राजपा नेता महतोको पनि साथ : 'एक नम्बरमा ल्याउनुछ'
नेपाल लोकस्टारको टप ७ मा जसोतसो जोगिए 'रविराज' !
रविराजसँग समुदायकै आधारमा हुन्छ अभद्र व्यवहार, एकले मागे माफी
लोकस्टारको जजद्धारा रविराजको मनोबल गिराउने खेल, जजलाई गालीको वर्षा
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…