सबैला मटहीका युवाद्वारा क्यान्सर पीडितको उपचारका लागि २८ हजार बढी रुपैयाँ सहयोग
वैदेशिक रोजगारीमा रहेर पनि गाउँसमाज र दुःखमा परेका नागरिकप्रति युवाहरूले देखाएको मानवीय सहयोगले पीडित परिवारलाई उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर १३ आइतबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–७ स्थित मटही गाउँका युवाहरूले क्यान्सर रोगबाट पीडित एक महिलाको उपचारका लागि २८ हजार ३२० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
क्यान्सरबाट पीडित फुलगेन साहकी श्रीमती राम कोसल देवीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गाउँका युवाहरूले आपसी सहकार्यमा उक्त रकम संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
गाउँका युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहे पनि आफ्नो गाउँका विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् । सोही अभियानलाई निरन्तरता दिँदै उनीहरूले यसपटक क्यान्सर पीडित महिलाको उपचारका लागि सहयोग जुटाएका हुन् ।
सहयोग अभियानमा प्रताप साह, सञ्जय सहनी, सन्तोष साह, सुभाष सहनी, विष्णु साह, राजाराम पण्डित, प्रीतम सहनी, रामभजन मुखिया र दीपेन्द्र पण्डितलगायत युवाहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी निलम मानन्धरले ५ हजार ५५ रुपैयाँ, बुधेश्वर सहनीले १ हजार १०५ रुपैयाँ र दुखी यादवले १ हजार ५ रुपैयाँ सहयोग गरेका थिए ।
विभिन्न सहयोगदाताबाट संकलित कुल २८ हजार ३२० रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराइएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेर पनि गाउँसमाज र दुःखमा परेका नागरिकप्रति युवाहरूले देखाएको मानवीय सहयोगले पीडित परिवारलाई उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…