ब्यूरो-रिपोर्टरखुला सीमाका कारण अवैध गतिविधि बढ्दो, लागूऔषध नियन्त्रणमा कडाइ गर्न माग
स्थानीय जनप्रतिनिधिहरूले पनि सशस्त्र प्रहरीको कार्यशैलीप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै स्थानीय वडा अध्यक्ष संजय पाण्डेले पछिल्लो ६ महिनायता सशस्त्र प्रहरीको व्यवहारबाट स्थानीय बासिन्दाले कुनै किसिमको हैरानी वा झन्झट भोग्न नपरेको बताए। उनले जनता र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउन सीमा सुरक्षा गुल्म महिनाथपुरले खेलेको भूमिकाको प्रशंसा गर्दै गुल्मपति डीएसपी सुरेश कोइरालाको कार्यसम्पादन उदाहरणीय रहेको उल्लेख गरे।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











