देश कालसिरहाः मृतक गणेश यादवका परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति
आज बिहान करिब ३ः०० बजेको समयमा दुवै पक्षबीच भएको ७ बुँदे सहमति सुनसरीमा मृतक मेहता परिवारसँग भएको सहमति जस्तै रहेको छ । जसमा मृतकलाई शहिद घोषणा गर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने तथा दोषी उपर आवश्यक कारवाही गर्ने, मृतकका परिवारमध्ये एक जनालाई रोजगारी उपलब्ध गराउने, घटनाको छानबिन समिति बनाउने, गाउँपालिका क्षेत्रमा स्मृति पार्क बनाउने तथा मृतकका भाई बहिनीलाई निःशुल्क शिक्षासहित बुवाआमालाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्थामा सहमति भएको हो ।
३ महिना अगाडि · देश काल











