प्रमुख समाचारप्रहरीले चलाएको गोली लागेर लालु प्रसाद यादवको मृत्यू !
घाइते यादवलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज लगिएको थियो। तर राति साढे ११ बजेतिर अस्पतालमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीले घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको छ। त्यहाँ अन्य मदिरा पनि रहेको तर तस्कर समूहले आक्रमण गर्दा नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ। ढुंगामुढाको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











