राजनीतिकसंविधान पुर्नलेखनसहित ११ बुँदे माग राख्दै जसपा नेपालको आन्दोलन सुरु
कृषि क्षेत्रमा किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, उखु किसानको भ्याटसम्बन्धी बाँकी ३५ प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्ने तथा पर्याप्त मल–खादको आपूर्ति सुनिश्चित गर्नुपर्ने माग पनि धर्नामा प्रमुख रूपमा उठाइयो। प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन प्रहरी र कर्मचारी समायोजन प्रक्रिया त्वरित लागू गर्नुपर्ने कुरा जसपाले पुनः दोहोर्‍याएको छ। साथै, नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा चल्दै आएको भागबन्डा प्रणाली अन्त्य गर्नुपर्ने चेतावनीसहित समावेशी र पारदर्शी व्यवस्थाको माग गरिएको छ।
१० महिना अगाडि · राजनीतिक











