प्रमुख समाचारपत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ। पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चले कानुनबमोजिम अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई आदेश दिएको छ।
३ महिना अगाडि · प्रमुख समाचार









