उमेश बचाउको लागि पहल तीव्र, पाकिस्तान एम्बेसीमा राय
न्यूज ब्यूरो || जनकपुरधाम, १४ चैत्त । सउदी अरेबियामा मृत्यू दण्ड सुनाईएका धनुषाका उमेश यादव बचाउको लागि पहल तीव्र पारिएको छ । उमेशलाई बचाउनको लागि सरकारी निकायहरु सक्रिय भएका छन् भने तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज राय समेत सक्रियतालाई ताजगी दिएका छन् । बुधबार नेपालस्थित

२०७४ चैत १४ बुधबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १४ चैत्त । सउदी अरेबियामा मृत्यू दण्ड सुनाईएका धनुषाका उमेश यादव बचाउको लागि पहल तीव्र पारिएको छ ।
उमेशलाई बचाउनको लागि सरकारी निकायहरु सक्रिय भएका छन् भने तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज राय समेत सक्रियतालाई ताजगी दिएका छन् ।
बुधबार नेपालस्थित पाकिस्तान एम्बेसीमा पुगेर उमेश बचाउ अभियान अन्तर्गत राय सहित तराई मधेस राष्ट्रिय परिषदकै सदस्य जय नारायण यादव सहितले उमेश बारे विशेष जानकारी गराएका छन् ।
सउदी जेलमा रहेको उमेश यादवलाई बचाउने अभियानमा राय र यादव पुगेर एम्बेसीका सिनीयर अफिसर कमरान अलीसंग भेटवार्ता गरि पहलका लागि अनुरोध गरेका छन् ।
अभियन्ता रायले "कमरान अली ज्यूले हाम्रो कुरा प्रति सकारात्मक हुंदै भन्नु भयो “तपाई नेपालमा बसेर जति जानकारी राख्नु भएछ त्यति जानकारी त्यहांका दुतावाससंग पनि हुंदैन। तपाईले एक नेपालीलाई बचाउन जुन पहल थाल्नु भएछ त्यो धेरै नै सकारात्मक छ र हामी सक्दो सहयोग गर्न तयार छौं। नेपाल र पाकिस्तान बिचको सम्बन्ध संधै समधुर रहोस् भनेर हाम्रो पनि चाहना छ।” न्यूज ब्यूरोसँग भने ।
एम्बेसीका कमरान अलीले विगत १२ बर्षदेखि जेलमा रहेको धनुषाका उमेश यादवको बारेमा साकारात्मक चासो देखाउँदै हरसम्भव प्रयास जारी राख्ने आश्वासन दिएका छन् ।
धनुषा कमला नगरपालिका वडा नं. ३ तथा साबिक माचि झिटकैया वडा न ४ बस्ने भोला यादवका ३७ बर्षिय छोरा उमेश यादव विगत १२ बर्षदेखि सउदी जेलमा जीवन विताईरहेका छन् ।
सन् २००६ देखि नै उमेश एक पाकिस्तानी व्यक्तिको हत्याको आरोपमा कैदी जीवन विताईरहेका उमेशलाई सउदी अदालतले मृत्यूदण्डको सजाय सुनाएका छन् भने कार्यन्वयन हुन बाँकी छ । आउँदो २४ दिनपछि अदालतले फैसला गर्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…