मिसन उमेशः साउदीमा कार्यरत नेपालीहरुद्वारा उमेश बचाउको लागि २ लाखबढी सहयोग

-विनय यादव, सिरहा

बिनय यादव/न्यूज ब्यूरो ||

सिरहा, २ जेष्ठ । साउदी अरबमा विगत १२ वर्षदेखि जेली जीवन बिताइरहेका धनुषाका उमेश यादवलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले आममाफी दिइसकेका छन् । तर, आममाफी बापत ब्लडमनि ३० लाख रुपयाँको माग गरीएको छ । 

 

 

उक्त ब्लडमनीका लागि उमेश बचाउ अभियानमा सक्रिय देशविदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन कार्य तीव्र पारेका छन् ।

 

यसैबीच, साउदी अरबमा कार्यरत नेपालीहरुले उमेश बचाउको लागि माग गरिएको ३० लाख रुपैयाँलाई मध्यनजर गर्दै २ लाख २ सय ३१ रुपैयाँ सहयोग गरेका छन् ।

 

उमेश बचाउको लागि चाहिने माफीनामा वापत पाकिस्तानी पीडित परिवारले ३० लाख रुपैयाँ माग गरेको भन्दै सहयोगको लागि गरिएको अपिलमा साउदी अरबको रियाद स्थित अल-रसिद एविटङ कम्पनीमा कार्यरत नेपालीहरुले २ लाख २ सय ३१ रुपैयाँ सहयोग गरेका हुन् ।

 

साउदी अरबको रियाद स्थित अल-रसिद अविटोङ कम्पनीमा कार्यरत तथा बिदेशी मुलुकमा रहेर समेत समाजिक कार्यमा सक्रिय अभियन्ता बिन्देश्वर यादवको नेतृत्वमा बसेको एक वृहत बैठकबाट मानवता र समाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले आर्थिक सहयोग गरेको र आगामी दिनहरूमा समेत अन्य दु:खी, असहाय, पीडितलाई सहयोग गर्न सदैव तत्पर रहने संकलन कार्यका अगुवा बिसुन यादवले प्रतिबद्धता जाहेर गर्नुभयो ।

 

 

उनले भने, 'रोजगारीको शिलशिलामा देश बिदेशमा छरिएर रहेका मधेसी मूलका नेपालीहरुले उमेश बचाउको लागि जुन प्रकारले तत्परता देखाएका छन् त्यो आफैँमा सराहनीय छ, हामीले पनि उमेशको ब्लडमनीको नाममा २ लाखबढी रुपैयाँ सहयोग गर्न भ्याएका छौँ ।'

 

अर्का संकलनकर्ता भरोशी मण्डलले भने, 'हामीहरुको खुन पसिनाको कमाई छ, उमेश बचाउको लागि हामी जे पनि गर्न तयार छौँ, कानुनी रुपमा केही गर्न नसकेपनि आर्थिक रुपले सहजता प्रदान गर्न कुनै पनि कसर छाड्ने छैनौं । हामीले सहयोग गरेको रकमको सदुपयोग होस्, सम्बन्धित ब्यक्तिहरुले चाँडै उमेशलाई नेपाल फर्काउने अपेक्षा छ ।'

 

 

ब्लडमनि संकलन अभियानका सहजकर्ताहरु जितेन्द्र साह, छेदी यादव, रामउदगार महतो लगायतका अन्य नेपालीहरुले न्यूज ब्यूरोसँग कुरा गर्दै उनीहरुले, 'उमेश बचाउको लागि न्यूज ब्यूरोको प्रयास इतिहास बनेको छ । यहाँ स्थित रहेका नेपाली कामदारहरुले न्यूज ब्यूरोको प्रयासलाई प्रशंसा गरिरहेका छन् । न्यूज ब्यूरोले नै गरेको समाचार प्रकाशितको आधारमा उमेश बचाउको लागि हामी काम छाडी ब्लडमनी संकलन कार्यमा लागेका थियौं । आशा छ हाम्रो मेहनतको सदुपयोग हुनेछ र उमेश शिघ्र स्वदेश फर्कन पाउनेछ ।'

 

सहयोग स्वरुप प्रदान गरिएको उक्त रकम अहिले न्यूज ब्यूरोका सिरहा प्रमुख समेत रहेका पत्रकार बिनय यादवकै जिम्मामा राखिएको छ । मोटो रकम रहेको भन्दै आवश्यकता परेको खण्डमा तुरुन्त ग्रोविंग नेपाल फाउन्डेसनको खातामा उक्त रकम ट्रान्सफर गरिने संकलन अभियानका प्रमुख नेतृत्वकर्ता बिन्देश्वर यादवले बताउनुभयो ।

 

 

गैर सरकारी संस्था ग्रोविंग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले संस्थाको बैँक खातालाई अधिकारिक भन्दै जारी गरेपछि सहयोगकर्ताहरुले उक्त बैँक खातामा रकम जम्मा गर्ने गरेको छ ।

 

यता, उमेशलाई साउदी अदालतले घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने आदेश दिएपछि बिचल्लीमा परेका उमेशका परिवारले छोरा बचाइदिन सबैमा अपिल गरेका छन् ।

 

उमेश यादवलाई माफीनामा बापत मृतक पाकिस्तानी परिवारद्वारा माग गरिएको ३० लाख ब्लडमनि संकलनको कार्य देश तथा बिदेशमा तिब्र रुपमा भइरहेको छ ।

 

 

उता, पीडित पाकिस्तानी परिवारले दिएको क्षमापत्र साउदी अदालतमा बुझाउनका लागि गत सोमबार साउदी पुगेका अभियन्ता राय हाल त्यहाँ स्थिति अदालतमा पहल जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस

मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली

न्यूज ब्यूरो | सिरहा, ०३ साउन । अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय साबारीसाधानलाई कार्वाही गरेका छन् । २०७४ साउन १ गतेदेखि

लहानबाट अपहरण गरी गाडीमै बलात्कार गर्दैगर्दा चार बलात्कारी उदयपुरमा रंगेहात समातिए

न्यूज ब्यूरो | सिरहा, ३२ असार । सिरहाको लहान बजारबाट एक महिलालाई राति अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको

जनकपुरमा मोनाष्टिकको लागि प्रवेश परीक्षा सम्पन्न, २ सय विद्यार्थीको सहभागी

न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश २ मै शिक्षा क्षेत्रमा चीरपरिचित विद्यालयको रुपमा स्थापित मोनाष्टिक आवासीय विद्यालयले सँचालन गरेको उच्च

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने