उमेशका आमावुवालाई अलमुफ्ता कम्पनीको १ लाख सहयोग 

२०७५ जेठ ९ बुधबार
रति १०:४५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ९ जेठ ।
उमेश बचाउको लागि थालिएको अभियान अन्तर्गत युवाहरुको एक समूहले उमेशका आमावुवालाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

 

कत्तारको अलमुफ्ता कम्पनीमा कार्यरत मधेसी मूलका नेपाली युवाहरुले संकलन गरेको १ लाख रुपैयाँ मध्ये ५१ हजार रुपैयाँ उमेशको आमावुवालाई हस्तान्तर गरिएको छ भने बाँकी ४९ हजार रुपैयाँ ग्रोविंग नेपाल फाउण्डेशनको खातामा जम्मा गरिएको छ । 

 

युवाहरुले पठाएको ती रकम नेपालबाट राजेश नामक एक युवा मार्फत उनको आमावुवा समक्ष हाते रकम प्रदान गरिएको थियो ।

धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा घर रहेको उमेशको आमावुवालाई भेटेर युवाहरुले ती रकम हस्तान्तरण गरेका हुन् ।

 

रकम बुझ्दै उमेशका आमावुवाले ती युवाहरु समक्ष भावुक हुँदै सहयोग गर्ने दाताहरु समेत आफ्ना छोरा उमेश जस्तै मनको भएको बताएका थिए । सहयोगकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको थिए । 

 

न्यूज ब्यूरोले प्रथम पटक उमेशको बारेमा समाचार प्रकाशित गरेपछि देश विदेशमा उमेश बचाउको लागि सहयोगी हातहरु बढेको थियो । 

 

त्यस बेला प्रारम्भिक जानकारी अनुसार ७० लाख रुपैयाँको ब्लडमनी माग गरिएको समाचार आएको थियो जसमा पनि नेपाली युवाहरुले ७० लाख रुपैयाँ समयमै जम्मा गर्न सकिने आश्वासन दिएका थिए ।

 

ग्रोविँग नेपाल फाउण्डेशनको खातामा गत अप्रिल २७ गतेदेखि रकम जम्मा गर्ने कार्य सुरु भएको थियो भने अहिलेसम्म ४३ लाख बढी रुपैयाँ जम्मा भएको अनुमान गरिएको छ । 

उमेश बचाउको लागि चाहिने ३० लाखबाट बढेर करिब ४३ लाख रुपैयाँ भएपछि बाँकी रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ । 

 

यसका साथै, उमेश बचाउको लागि थालिएको अभियान समाप्त भएको छ । 
उमेश बचाउको लागि चाहिने माफीनामा पत्र वापत माग गरिएको ३० लाख रुपैयाँ ग्रोविँग नेपाल फाउण्डेशनको खातामा पूर्ण भएपछि रकम सँकलन अभियान समेत समाप्त भएको छ ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ जेठ ९ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus