सप्तरीमा बालिकामाथि सामुहिक बलात्कार, ४ जना पक्राउ
पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बिक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो










