न्यूज ब्यूरो, जनकपुरधाम । नेपालले भारतको भूमिमा पसेर बोर्डर पिलर लगाएको भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ ।
नेपाल–भारत बोर्डरमा अन्तराष्ट्रिय पिलर सँख्या २७ र २८ को बीचमा नेपालले भारतको सीमामा पसेर पिलर लगाएको बताइएको छ । नयाँ पिलरको दायरामा करिब३ सय ५० एकड भारतीय भूमि आएको (मिचिएको) भारतीय सँचारमाध्यमको दाबी छ ।
नेपाल सीमा प्रहरीको रेखदेखमा नयाँ पिलरहरु निर्माण गर्न लागिएको बताइएको छ । यद्यपी, पिलर नेपाल वा भारत कुन पक्ष लगाइरहेको भनेर स्पष्ट नभएको पनि समाचारमा उल्लेख गरिएको छ । यस सन्दर्भमा भारतको स्थानीय प्रशासन अनभिज्ञ भएको र स्थानीयहरुले मात्र जानकारी गराएको भनेर उल्लेख गरिएको छ ।
अहिलेसम्म जहाँ दुई स्थानमा पिलर लगाइएको छ त्यो जग्गा कलिनगर (पीलीभीत) अन्तर्गतको गाउँ गुनहान र रमनगरा रहेको बताइएको छ । नेपाल प्रहरीको रेखदेखमा निर्माण गर्न लागिएको उक्त पिलरलाई लिएर सीमाको नो म्यान लैंड क्षेत्रमा बस्ने भारतीय नागरिकहरुमा खलबली मच्चिएको बताईएको छ ।
जहाँ भारतीय सुरक्षाकर्मीको कुनै जवान बस्दैनन नत कोही भारतीय नागरिक नै तर मात्र खेती योग्य रहेको र भारतको कब्जामा रहेको भनेर समाचारमा उल्लेख गरिएको छ । गुनहान र रमनगराका एक किसानले गत बुधबार आफ्नो गहुँको खेत र उँखु खेतमा जाँदा पिलर लगाईरहेको देखेपछि गाउँलेहरुलाई खवर दिएको थियो ।
त्यसपछि गाउँलेहरुले कलीनगर एसडिएम ( उपखण्ड मजिष्टरेट अधिकारी) लाई जानकारी गराएको थियो । यसप्रति स्थानीय प्रशासनलेस समेत अनभिज्ञता जनाउँदै भारतीय एसएसबी (सशस्त्र सीमा बल) बाट जानकारी लिने बताएको जनाइएको छ ।
एसडीएम अधिकारीका अनुसार यो सम्बन्धी जाँचको लागि तहसिलदारको नेतृत्वमा टोली समेत गठन गरिएको तथा सो टोलीद्धारा रिपोर्ट आएपछि मात्र स्थित स्पष्ट हुने जनाईएको छ । भारतले नेपालको विभिन्न ठाउँमा सीमा मिच्दै आएको छ ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०७६ फाल्गुण २ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्






