कतार मा धुम मचाउने 'सन्तोष राज'

२०७४ पौष २६ बुधबार
रति ९:५७ बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, २६ पुस । 


मैथिली तथा भोजपुरी गिती एल्बमहरुमा धमाल मच्चाएका युवा गायक सँतोष राज पुन मञ्चमा धुम मचाउन कत्तार जाने भएको छ ।
मैथिली र भोजपुरी गीतको ठुमका बजाउन सँतोष राज मँचमा आफनो कला र गला दुवै प्रस्तुत गर्नेछ । 


नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

यसअगाडि यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

 

देशका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि यो कार्यक्रम विशेष हुने पक्का छ । यो कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ । यस्तै, नायिकाहरु निरुता सिंह, अनु शाहको नृत्य प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ ।

 

गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् ।
यस्तै, चर्चित गीतहरुका रचनाकार, संगीतकार तथा गायक राजनराज सिवाकोटीको पनि विशेष प्रस्तुती कार्यक्रममा रहनेछ ।

 

गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले नेपाली कला संकृतिलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । 

 

मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुने विश्वास आयोजकको छ । यस्तै, मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास आयोजकले लिएको धिरेन्द्रले पत्रकार सम्मेलनमा बताए ।

 

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे । उनले, दर्जन भन्दा बढी कलाकार लगेर कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेपनि आफूहरु यसमा सफल हुने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा बोल्दै कलाकार जीतु नेपालले विदेशमा कार्यक्रम धेरै हुने गरेतापनि ‘कुमारी बुम सुपर स्टार नाइट्स’लाई विशेष बनाउन आयोजक र कलाकारले विशेष ध्यान दिने बताए । कार्यक्रमको संचालन नरेश भट्टराइले गर्दैछन् ।

 

कलाकारहरुले कतारमा रहेका नेपालीहरुलाई यो कार्यक्रममा झुम्नका लागि तयार हुन आग्रह पनि गरेका छन् । यो कार्यक्रमको आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगरात्र खत्री, विजय सुवेदी ‘आवाज’ रहेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus