अपडेट : बालिका उपर सामुहिक बलात्कारपछि हत्या, दुई पक्राउ !

दुवै अभियुक्त उठाएर केही पर लगी सामुहिक बलात्कार गरी हत्या गरेको प्रहरीको कथन !

२०७५ असोज २७ शनिबार
बेलुकी ७:५५ बजे
न्यूज ब्यूरो, डेस्क
Photo Credit : google

 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको परवाहामा शनिबार भएको घटनामा सँलग्न दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । 

 

धनुषाको औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने राम अशिष यादवकी अन्दाजी १० बर्षिय छोरी मनिता यादवको बलात्कारपछि हत्या गरिएको रहस्य खुलेको छ । यसअघि प्रहरीले शनिबार दिउँसो गाउँ नजिकैको धानबालीबाट मनिताको शव निर्वस्त्र अवस्थामा फेला पारेको हो । 

 

दसैँमा दुर्गा मन्दिरमा पूजाआजा गर्न गएकी मनितालाई स्थानीय ३२ बर्षिय विनोद मुखिया र २३ बर्षिय नथुनी पण्डितले हवसको शिकार बनाएको प्रहरीले जनाएको छ । 

 


यस सम्बन्धि पहिलो समाचार

 

धनुषामा १० बर्षिय बालिकाको शव धानबालीमा, बलात्कार भएको आशंका !

 

शुक्रबार राती दुर्गा मन्दिरमा पूजा गर्न मनिता आफ्ना आमाबुवा सँगै गएकी थिईन् । उनको आमावुवा आएपनि मनिता भने पूजाको रमाईलो हेर्न बसिराखेको जनाइएको छ । उनको आमावुवा घर आएपछि पनि मनिता घर अबेर रातीसम्म नआएपछि शनिबार विहान प्रहरीमा रिपोर्ट लेखाएको थियो । 

 

छोरी राती देखि नै हराएको भन्दै अन्नपानी समेत नखाएका यादव परिवारले दिउँसो छोरीको नग्न मृत शरिर धानबालीमा देखेपछि बेहोस भए । 
जानकारी अनुसार, राती मनिता अबेरसम्म दुर्गा मन्दिर प्राङगनमै रहेको तथा घर आउन थालेपछि बाटोबाटै दुवै अभियुक्त उठाएर केही पर लगी सामुहिक बलात्कार गरी हत्या गरिएको हो । 

 

दुवै अभियुक्तलाई शंकाको आधारमा पक्राउ गरेर प्रहरीले अनुसन्धान तीव्र पारेका छन् भने पोष्टमार्टम तथा अनुसन्धानपछि थप रहस्य खुल्ने जानकारी प्रहरीले दिएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ असोज २७ शनिबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus