धनुषामा १० बर्षिय बालिकाको शव धानबालीमा, बलात्कार भएको आशंका !
बालिकाको शव निर्वस्त्र थियो, करिब १० मिटर पर कपडाहरु फालिएको थियो ।

२०७५ असोज २७ शनिबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक १० बर्षिय बालिकाको शव धानबालीमा फेला परेको छ ।
शनिबार दिउँसो करिब १२ बजेको समयमा औरही गाउँपालिका वडा नं. २ परवाहा बस्ने राम अशिष यादवकी छोरी अन्दाजी बर्ष १० की मनिता कुमारी यादवको शव नजिककैको धानबालीमा फेला परेको हो । विहान करिब ८ बजे मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न ईलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजी कार्य सुरु गरिएको थियो ।
शनिबार स्थानीयहरुले मनिकाको शव धानबालीमा निर्वस्त्र देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवको प्रकृति हेर्दा बालिकालाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने अनुमान गरिएपनि विस्तृत जानकारी पोष्टमार्टमको रिपोर्टपछि मात्र आउने औरही प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पूर्णत निर्वस्त्र फालिएको थियो भने उनको वस्त्र शवको करिब १० मिटर पर फालिएको भेटाएको प्रहरीले जनाएको छ । घटनाको मुचुल्का उठेको छ भने शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…