राजनीतिकधनुषा १ मा मातृका यादवसँग मतदाताको पुरानै लगाव
स्थानीय स्तरबाट राजनीतिक यात्रा सुरु गरेका यादवलाई सरल, सहज र जनताको समस्या बुझ्ने नेताका रूपमा मतदाताले लिने गरेका छन्। विगतमा मन्त्री तथा जनप्रतिनिधिको भूमिकामा रहँदा उनले क्षेत्रीय विकास, कृषि सुधार, सडक विस्तार, शिक्षा तथा सामाजिक समावेशीताका विषयमा निरन्तर आवाज उठाएको समर्थकहरूको दाबी छ। विशेषगरी किसान, श्रमिक तथा विपन्न समुदायसँग उनको निकट सम्बन्ध रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।











