एसपी जिल्ला बाहिर हुँदा घुमुवा प्रहरी तस्कर सघाउँदै 

खटाएको रौतहटको सादा पोशाक केही प्रहरी जवानले निर्देशनको गलत फाइदा उठाइरहेको स्रोतको दाबी छ । 

२०७६ मङ्सिर २६ बिहीबार
बिहान १०:०० बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । पुर्व मन्त्री अफताब आलमलाई समातेर अहिले चर्चामा आएका रौतहट जिल्लाका प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्री बिदामा जिल्ला बाहिर हुँदा घुमुवा प्रहरीले तस्कर सघाइरहेका छन् ।


जिल्लाको सुरक्षा ब्यबस्थाको जिम्मा खत्रीकै बिश्वासपात्र एव रौतहटको इतिहासमा सफल र लोकप्रिय प्रहरी नायब उपरीक्षक एव प्रवक्ता नवीन कार्की काँधमा भएको बेला  प्रहरी सँगठनकै केही प्रहरीहरुको कारण तस्करहरुलाई सहायता पुगेको देखिएको छ ।  बृफिङ र लिएको एक्सनले अपराधी ,तस्कर लगायत गलत क्रियाकलाप गर्ने धमाधम कारबाहीमा पर्न थालेपछि जिल्लावासीले सराहना गर्न लागे लगत्तै प्रहरी तस्करीमा लिप्त भएको हो । 


अहिले एसपी र डिएसपीको अपरेशनले अपराध गर्ने अपराधीमा रुवाबासी र भागदौड मचेको छ । प्रहरी निरीक्षक पप्पु नायकले कार्कीले दिएको निर्देशनको पाल्ना गर्न अहोरात्र खटदै आएका छन । आफ्नो मातहतका सबै प्रहरीहरुलाई गलत कार्य गर्न नदिन निर्देशन दिइरहेका छन् । धेरैलाई गोप्य सूचना संकल्न गर्न खटाईएको छ । तर  खटाएको रौतहटको सादा पोशाक केही प्रहरी जवानले निर्देशनको गलत फाइदा उठाइरहेको स्रोतको दाबी छ । 

 

घुमुवा प्रहरीकै आशीर्वादले विभिन्न सिमाबर्ती नाकाबाट तस्करी भइरहेको हल्ला खल्ला सुनिदैछ । उपरिक्षक खत्री नभएता पनि उनकै दाँया हात मानिने प्रहरी नायब उपरिक्षक नवीन कार्की र बाँया हात मानिने क्राइम ब्रान्च सेक्टरका प्रहरी निरीक्षक पप्पु नायक समेतको आंखामा छारो हाली चतुर घुमुवा प्रहरी मानिने प्रहरी साहायक निरीक्षक राम नरेश यादबकै इसारामा तस्करले आफ्नो धन्दा फस्टाएका छन भन्नेको कमि छैनन् ।


उपरिक्षक खत्री सहित नायब उपरीक्षक कार्की र निरीक्षक नायकको पछिल्लो समयको कदम र रोलको देश र जिल्ला मै प्रसंशा भइरहेको बेला घुमुवा प्रहरी यादब सहितको कर्तुतले उहाँहरु लगायत प्रहरी सङगठ्न बिभागको नाम कहि न कहि बदनाम हुँदै गएको स्थानीयहरुको तर्क छ । यसबारे गम्भीर हुन स्थानीयले माग समेत गरेका छन ।

 

गोप्य सुचनाका लागि राखिने घुमुवा प्रहरी लोभ लालचमा परि तस्करी कार्यमा लागेको चर्चा परिचर्चा चलेकोले यसलाइ निरुत्साहित गर्न तर्फ लाग्नु तथा बास्तबिकता बुझेर कारबाही अगाडि बढाउन नै इतिहासमा हाल सम्म रौतहटका सक्षम प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीको काँधमा ठूलो चुनौती थपिएको छ । पछिल्लो समय तस्करी बढेको रौतहटको विभिन्न नाका मध्ये हाल बन्कुल नाकाबाट सुपारी ,छोहरा र मरिचको तस्करी भइरहेको स्थानीयहरु बताउछन ।

 

रामपुर ,औरैया ,बन्जरहा ,लक्ष्मीपुर बेलबिछ्वा ,गौर भन्सार नाकाबाट कपडा ,रक्सी ,मरिच ,इलेक्ट्रोनिक आइटम ,कुखुरा चल्ला सहित विभिन्न सामाग्री चोरी पैठारी हुने गरेको स्रोतले बताएको छ । उता सादा पोसाकमा बिगत लामो समय देखि खटेका यादबले आफू तस्करी र तस्करको त पनि जान्दिन । मेरो कुनै प्रकारको साटघाट तस्कर र तस्करी गर्ने कसैसङ नभएको दाबी गरेका छन ।

 

हाल खटेका घुमुवा प्रहरीहरु नै तस्करी कार्य गर्ने सङ दिन रात फोन सम्पर्क गर्ने ,आफुले चीनेको ठाउँमा तस्करी बापतको रकम राख्न लगाउने गरेको स्रोतको दाबी छ । उपरिक्षक खत्री रौतहटमा आएदेखि रौतहटको विभिन्न ठाउमा तस्करीको सामाग्री समातिएको र सोको लिलामी बाट करोडौं राजस्व संकलन भएको उदाहरण थुप्रो छ ।

 

तस्कर समातिएको ,विभिन्न मुद्दामा फरार अभियुक्त समातिएको उहाँको र उहाँको टिमको प्रसंशनसनिय कार्यमा घुमुवा प्रहरीको पछिल्लो गतिविधिले अमिलोपन आउन थालेको बुद्धिजिबिहरुको तर्क छ । रौतहटका जनताले शान्ती सुब्यबस्था र सुरक्षा साथै कानुनि राज्य अनुभुति गर्न थालेको जिल्लाको इतिहासमा पहिलो पल्ट हो । 

 

एपसी खत्रीकै पालामा तस्करी र त्यसमा समलग्न सबैलाई तह लागेको र त्यस्ता अबैध कार्य निरुत्साहित भएको हेर्ने मन र ठूलो चाहना रौतहट बासीको रहेपनि  लामो समय घुमुवा बस्दा विभिन्न व्यक्ती बिशेस सङ चीनजान गरि तस्करी कार्यको बढावा दिने स्थानीय हृदय नारायण यादब बताउछन ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७६ मङ्सिर २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus