नेपाली काँग्रेसका साँसद र अध्यक्षबीच कुटाकुट, दुवै नेता ईमरजेन्सीमा भर्ना  !

यता, यस विषयमा बुझदा नेपाली कांग्रेस पर्साका सभापती अजयकुमार द्विवेदीले घट्ना दुःखद भएको बताए ।

२०७६ मङ्सिर ४ बुधबार
बिहान १०:२७ बजे
संजय कुमार सहनी

न्यूज ब्यूरो, वीरगँज ।  प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँजमा नेपाली कांग्रेस पर्साका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ । 

 

वीरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा आज (बुधबार)  बिहानै दुवै नेता विच हात पात भएको हो । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भना– भन हुँदै जाँदा तनाव उत्पन्न भएपछि कुट्पिट भएको नाम नखोल्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।


वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा चालिएको छ भने टाउन हलका संचालक समेत रहेका कलवार पनी नारायणी अस्पतालको इमर्जेन्सी वर्डमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

यता, यस विषयमा बुझदा नेपाली कांग्रेस पर्साका सभापती अजयकुमार द्विवेदीले घट्ना दुःखद भएको बताए । उनले दुवै व्यक्ति जिम्मेवार पदमा रहेकोले आपसी विवादलाई लिएर हातपात गर्नु गलत भएको बताउदै पार्टीले यस विवादलाई छलफल मार्फत निकास दिन प्रयास गर्ने बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७६ मङ्सिर ४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus