घाँटी रेटेको अवस्थामा पुरुषको लास फेला !

लासलाई पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७६ कार्तिक २१ बिहीबार
बिहान ११:३३ बजे
न्यूज ब्यूरो | डेस्क

 
न्यूज ब्यूरो, सिरहा । घाँटी रेटेर मृत अवस्थामा सिरहामा एक पुरुषको लास (शव) फेला परेको छ । 


सिरहा नगरपालिका वडा नम्बर १२ सारसर बेल्हा स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी एक पुरुष घाँटी रेटेको मृत अवस्थामा फेला परेको हो । रगतले लतपत उक्त पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विहिबार (आज) विहान स्थानीयहरु घर बाहिर निस्केपछि गाउँदेखि केही दुरीमा मात्र उत्तः पुरुषको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो । 


अन्दाजी ५० बर्षिय देखिने उक्त पुरुष (मृतक) को पहिचान हुन सकेको छैन  । जिल्ला प्रहरी कार्यालय सिरहाको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । लासलाई पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसबारे थप अपडेट बाँकी छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ कार्तिक २१ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus