जनकपुर : मन्त्री महासेठले गरे ६ लेनको पूल शिलान्यास 

पुल र नहर आयोजनाको निर्माण सम्पन्न हुने म्याद तीन वर्षको रहेको छ ।

२०७६ कार्तिक ६ बुधबार
बेलुकी ६:२६ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारका भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रघुविर महासेठले एकै दिन दुई योजनालाई शिलान्यास गरेका छन् । 


धनुषाको विकासमा टेवा पुग्ने दुई महत्वाकांक्षी आयोजनाको मन्त्री महासेठले शिलान्यास गरेका हुन् । मन्त्री महासेठले धनुषाको ढल्केवर–जनकपुर ६ लेन सडक खण्डको औरही पुल र जनकपुर– ढल्केबर सिंचाई नहर निर्माण कार्यको शिलान्यास गरेका हुन् । औरही पुल निर्माणका लागि ७४ करोड ७९ लाख ७२ हजार ३८० रुपैया ५७ पैसामा र नहर निर्माण कार्य ७० करोड ७५ लाख ४५ हजार ३९१ रुपैया ६६ पैसामा ठेक्का लागिसकेको छ ।


शिलान्यास समारोहमा बोल्दै मन्त्री महासेठले देशभर विकासले गति लिएको दावी गरे । उनले भने, ‘कसैलाई लाग्दै होला प्रतिपक्ष दलले जितेको क्षेत्रमा विकास गर्दैन । तर त्यस्तो सोच सरकारको छैन । प्रधानमन्त्री ज्यूले मलाई कुनै क्षेत्रलाई काखा र कुनैलाई पाखा नगरी विकास निर्माणको काम गर्न निर्देशन दिएको छ । र सोही बमोजिम विकास निर्माण कार्य भइरहेको छ ।’ 

 

पुल र नहर आयोजनाको निर्माण सम्पन्न हुने म्याद तीन वर्षको रहेको छ । आयोजना समयमै सकिने ठेकेदार कम्पनीले समेत जनाएको छ । नहर निर्माण भएपछि करिब हजारौं जनताले सिंचाइको सुविधा पाउने छन् । यस्तै ६ लेनको सडकमै पहिलो पटक औरही पुल ६ लेनको बन्न लागेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७६ कार्तिक ६ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus