कर्मचारी ब्यबस्थापनमा कमजोरी कि मेयरको 'पब्लिसिटी स्टन्ट' ?

यदि कर्मचारी ब्यबस्थापनमा कमि कमजोरी भए त्यतातिर ध्यान दिनु आवश्यक हो,

२०७६ असोज २१ मंगलबार
रति ९:१० बजे
बिटु मिश्रा “वत्स्य”

स्थानीय उप महानगरपालिका को कर्मचारीहरु द्वारा गरिने कार्य मेयरले गर्नु भनेको - "कर्मचारी ब्यबस्थापन मा कमि कमजोरी अथवा मेयरको पब्लिसिटी स्टन्ट" नै हुनसक्छ।

 

प्रदेश -२ मै धार्मिक पर्यटकीय स्थलको रुपमा शिर्ष स्थानमा रहेको र प्रदेश २ को भावी राजधानी हुनसक्ने स्थान जनकपुरधामको मेयरको रुपमा ूलालकिशोर साहू भारी जनमतले चुनिनु भएछ। भावी प्रदेश राजधानी हुनसक्ने ठाउँमा हुने विभिन्न विकासीय कार्यबारे स्थानीय जनता सँगै प्रदेशभरिकै जनताको जनचासो हुनु स्वभाविक नै हो। मेयर साब सडक मा कुचो लियेर सडक सरसफाइ गर्दै , बरुण यन्त्र बाट पानीको फुहोरा दिँदै, मन्दिरमा बलिप्रदान गर्दा जमेको रगत गर्दै  तथा कपडाको झोला बितरण गर्दै गरेको फोटोहरु समाजिक संजालमा खुब भाइरल भइरहेको देखिन्छ।


बास्तवमा यी सब कार्यहरु देखेर जनताहरुको मनमा उठने प्रशन भनेको, - "के यी कार्यहरु मेयरले गर्ने हो र र ?  के यी कार्यहरु गर्ने कर्मचारीहरु छैनन उप(महानगर कार्यलय मा ? बरुण यन्त्र को पानी फोहोरा दिने कर्मचारी  हुन्छन, सडक सरसफाई गर्ने कर्मचारी हुन्छन, मन्दिर ब्यबस्थापन को आफ्नै ब्यबस्थापकीय समिती हुन्छन जसलाई तलब अथवा भत्ता  दिएर राखिएको हुन्छ। ती कर्मचारीहरुले गर्नुपर्ने काम मेयर स्वयमले गर्नुले के देखाउँछ ?


"प्लास्टिक बेनू तिर ध्यानाकर्षण गर्नु राम्रो हो, तर तरकारी पसलबाट ल्याउने झोला मात्र बन्द गरेर हुन्छ ? बिहान चियाको निम्ति ल्याउने दूध देखि लिएर दिनभरी प्रयोग गरिने विभिन्न बस्तुहरु प्लास्टिक मै पैक गरिएका हुन्छन। प्लास्टिक प्रयोग पुर्ण बन्दको निम्ति पुर्ण अध्ययन गरि यस्ता समस्याको जरा सम्म पुगेर यसका समाधान सहितको  कार्यलाई अगाडि बढाउनेगरि पाईला चाल्नु उचित हुन्छ।


यदि कर्मचारी ब्यबस्थापनमा कमि कमजोरी भए त्यतातिर ध्यान दिनु आवश्यक हो, नभए "पब्लिसिटी स्टन्ट" नै हो भने यस्ता कार्यहरु रोकिँदै विकासीय कार्यहरु गरियोस भनेर जनधारणा रहेकोछ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७६ असोज २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus