सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !

२०८० मङ्सिर १२ मंगलबार
बिहान १०:२४ बजे
काशिन्द्र कुमार शर्मा

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् । 

झन यस बर्ष भाई–बहीनीबीचको प्रेम प्रतिक मानिने यो पर्वमा धार्मिक ग्रन्थ अनुसार स्त्री पात्र मानिने “सामा” माथि गाली गलौज, दुरव्यवहार मात्र नभई सयौँ समाजको बीचमा बलात्कृत भएको महसुस भयो । 

मधेश, मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति  हुन्छन् । केही बर्ष अगाडीसम्म “सामा–चकेवा” पर्व विशुद्ध लोक आस्था, धर्म सँस्कृति र पावन मनको एक उल्लास थियो, तर अब विकृति, छाडापन्तीले सामामाथि सामुहिक बलात्कार भएको भन्न खिन्नता बोध हुँदैन । 

मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा मानिने पर्व, दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग  र श्रद्धा प्रदर्शित गर्नुपर्नेमा डिजे प्रथाले सामा–चकेवामाथि सामुहिक बलात्कार भएको भन्न थालेको छ । 

केही बर्ष अगाडीसम्म मधेशकी छोरीचेलीहरुले डालामा सामा–चकेवा र अन्य पात्रहरु सजाएर “सामा खेल्ने” काम गर्थिन्, अचेल आजभोली डिजेमा पूर्ण नाँगो, दोहोरो अर्थ, अति अश्लिल गीत बजाएर नाच्न थालेकी देखिन थालियो । जहाँ सयौँ समाज उभिएर यी नँगा नाच हेर्न व्यस्त रहे, यसले सयौँ समाजको बीचमा “सामामाथि सामुहिक बलात्कार” भन्नुपरेको छ । 

एक दिन थियो , जब चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्थिन, यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा अर्थात “चुगला” भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम गरिन्थ्यो, अहिले यही समाज “चुगला” को भूमिका प्रदर्शन गर्दा त्यस्ता विचार खोई जलाईएको त ?

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने परम्परा छ । अहिले सामा–चकेवालाई अभद्र गाली डिजे मार्फत खुवाउने चलन बढ्न थालेको छ ।

यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामामाथि बलात्कार हुँदा यही पर्वका पात्र “सतभैया” ले शिर निहुराई मनोरञ्जन गरेको देख्दा यो समाजक मरिसकेको भान भईरहेको छ । 

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ ।

 तर, त्यो गीत भन्दा अहिले डिजेमा “देबरा ढोँरी चटना बा, सैँया मारेला सेजिया पर सात आईटम, कनि सँ जिन्स ढिला कर, पोपु दबाबेला बलमुवा देखाबे नाही लाल झण्डी, जाने कौवन भाला देला भोँक रे, चुवता पानी ठोपे ठोप रे, हमरा लहँगा से माल चुवाता” जस्ता गीतमा सामा विदाई गरेको दृश्यहरु अककल्पनीय देखियो । 

स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे । कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।

भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा) को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । आज, सामामाथि बहिनीहरुले नै सामुहिक बलात्कार गर्न लगाउँदा यी समाजका भाईहरु मुकदर्शक छन् । 

आज सामामाथि शब्द मार्फत सामुहिक बलात्कार हुँदा चुप्पी लादेर बसेका यी समाजका दाजुभाईहरु विशुद्ध रुपमा कायर हुन् । जो बहिनीको अस्मितासँग खेलवाड हुँदा स्वतन्त्रताको नाम दिएर चुप्पी लादेका छन् । हरेक क्षेत्रमा प्रहरी प्रशासनकै आड लिनु कदाचित उचित होईन, यो समाजमा बस्ने युवाहरु, बुद्धिजीवीहरु, जनप्रतिनीधिहरु मरेकै हुन त ? 

डिजे भाडा गरेर त्यसमा बजाईने सुन्नै नसकिने गीत डिजेबाला आफैँले बजाउने होईन, बजाउनको लागि सामा खेल्ने दीदी बहिनीहरुले प्रेसर गर्छिन् । सामा चकेवामा मात्र होईन, बिहे, व्रतवन्ध, पूजाआजा, मटकोरमा समेत हाम्री दिदी बहिनीको डिमाण्डमा त्यस्ता गीत बजाईन्छ । 

मधेश सरकारले सँस्कृति मन्त्रालय राखेपनि छाडापन्ती गीत, गायकलाई लगाम कस्न सकेका छैनन् । मन्त्रालयले मात्र कार्यकर्ता भर्ती केन्द्र बनाएर नाम मात्रको मन्त्रालय राखेको देखिन्छन् । जे होस्, बहिनीमाथि सामुहिक बलात्कार हुँदा मनोरञ्जन गर्ने यी समाजलाई भोली नराम्रो परिणाम भुक्तानी गर्नैपर्छ । 


(धर्म, सँस्कृति, पर्व, परम्परामाथि हुँदै आएको खेलवाडमाथि यो लेख लेखिएको छ । शब्दहरुप्रति अन्यथा नगर्न तथा क्षमा प्रार्थी छु ।)

  • 0%
  • 0%
  • 5%
  • 5%
  • 76%
  • 10%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०८० मङ्सिर १२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus