सिरहाबाट लागुऔषधसहित एक युवक फन्दामा

२०७६ असोज १७ शुक्रबार
दिउसो ४:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषधसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

 

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका १ पिपराका २० वर्षीय शनिदेव वतारलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझमा वतारलाई ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

उनलाई चेकजाँचको क्रममा बरीयारपट्टी गाउँपालिका ३ बाट ३० चक्की नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जनाए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७६ असोज १७ शुक्रबार

Bureau Menus