नेकपाको वीरगञ्ज महानगर अध्यक्षमा रहवर अन्सारी

वीरगञ्ज महानगर अध्यक्षमा चयन भएका युवा नेता तथा अभियन्ता अन्सारी त्यस क्षेत्रमा लोकप्रीय मानिन्छन् ।

२०७६ असोज ५ आइतबार
बिहान ०९:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

 

जसअनुसार वीरगञ्जको अध्यक्षमा रहवर अन्सारी र सचिव विश्वम्भर शर्मा चयन भएका छन् भने काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रवीन्द्र श्रेष्ठ चयन भएका छन् । वीरगञ्ज महानगर अध्यक्षमा चयन भएका युवा नेता तथा अभियन्ता अन्सारी त्यस क्षेत्रमा लोकप्रीय मानिन्छन् ।

 

यस्तै, ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिवमा चयन भएका छन् । यता पोखरा महागरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् ।

 

यस्तै भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ असोज ५ आइतबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus