'कमला नपाको प्रत्येक वडामा ईन्टरनेट र बारुणयन्त्रको पहुँच हुनुपर्छ' 

हुलाकी राजमार्गलाई छुने गरि चालीस फिट चौडाई भएको पिचिंङ तथा नाला भएको सडक निमार्ण त्यसैगरि नगरपालिकालाई सफा सुग्घर राख्नका लागि सरसफाई गर्ने

२०७६ असार १५ आइतबार
बेलुकी ७:२३ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकी र प्राथमिक विद्यालय स्थापनाको माग गरिएको छ । 

 

नगरपालिकाका युवाहरुको एक समूहले कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतलाई आईतबार ज्ञापन पत्र बुझाउँदै प्रत्येक वडामा नमुना प्राथमिक विद्यालय र स्वास्थ्यचौकीको सुविधा स्थापनाको माग गरेका छन् । उनीहरुले बुझाएको ११ बुंदे ज्ञापन पत्रमा आगामी आर्थिक वर्ष २०७६/७७ को योजनाहरुमा समावेश मात्र नभई लागू समेत गर्न आग्रह गरिएको छ । 


कमला नगरपालिका वडा नं. ३ का मंजय कुमार यादवको अगुवाईमा नगर प्रमुख गोईतलाई वुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका सम्म जोडने रिंग रोडको निमार्ण तथा  प्रत्येक वार्डमा नगरस्तरको खेल निमार्णको साथ साथै नगरका प्रत्येक खेल टिमलाई खेलको समाग्री प्रदान गर्नुपर्ने माग अगाडी सारेको हो ।

 

यसका साथै नगरभित्र रहेको भएभरका स्वास्थ्य सँस्थाहरु पनि औषधी विहिन भएको भन्दै  आगामी १५ दिनको भित्रमा स्वास्थ्य चौकीहरुमा औषधीको उपलव्धता गराउनुपर्ने माग गरेका छन । कमला नगरपालिकामा करको भारले जनतालाई अचाक्ली भएकोले नगरपालिकालाई कर मुक्त वनाउनुपर्ने , हुलाकी राजमार्गलाई छुने गरि चालीस फिट चौडाई भएको पिचिंङ तथा नाला भएको सडक निमार्ण त्यसैगरि नगरपालिकालाई सफा सुग्घर राख्नका लागि सरसफाई गर्ने सवारी साधन र नगरपालिकामा दुईवटा बारुणयन्त्र खरिद गर्नुपर्ने , नगरपालिकाभरि इन्टरनेटको पहुंच वनाउनुपर्ने लगायतको माग संजालले अगाडी सारेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७६ असार १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus