जनकपुरबाट मुख्यमन्त्री राउतको गर्जन,- 'थारुहरुले अब लडने साहस जुटाउनुपर्छ'

आन्दोलनको नाउमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गरे ?

२०७६ जेठ २७ सोमबार
दिउसो १२:४१ बजे
न्यूज ब्यूरो | नेपाल

 

न्यूज ब्यूरो, जनकपुरधाम  । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखी विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् ।


 
थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले  मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे ।


 
संघर्ष नगरे सम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लडने साहस जुटाउन आग्रह समेत गरे ।

 

आयोग गठनमा समेत विभेद भएको बताउँदै उनले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताए ।  थारु समुदायको अधिकारको लागि लडदा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्दै उनले आन्दोलनको नाउमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गरे ?

 

 

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्दै उनले आयोगलाई बल पु¥याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले प्रदेश २ को सरकारले सबै जात जातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरि रहेको औल्याउँदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरि रहेको बताए । 

 


आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. २ का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७६ जेठ २७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus