विवाहपञ्चमीका श्रद्धालुलाई निःशूल्क भोजन

बाहिरबाट आएका श्रद्धालुहरुलाई आग्रह गर्दै भोजन गराइने गरेको छ । 

२०७५ मङ्सिर २६ बुधबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीमा बाहिरबाट आएका श्रद्धालुहरुलाई जनकपुरधाममा निःशुल्क (फ्रि) भोजनको व्यवस्था गरिएको छ । 

 

विवाहपञ्चमी महोत्सवमा देशविदेशबाट आएका श्रद्धालु यात्रुगणलाई सहजताको दृष्टिकोण तथा सेवा भावले जनकपुरको भानुचोक र शिवचोकको बीचमा ( अमेरिकन कम्यूटरको तल ) निःशुल्क भोजनको व्यवस्था गरिएको हो ।

 

गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बाट वडाध्यक्षका प्रत्यासी एवम् पूर्व रौनियार युवा मञ्चका अध्यक्ष समेत रहेका व्यापारी अशोक गुप्ताको नेतृत्वमा बाहिरबाट आएका श्रद्धालुहरुलाई कुनै प्रकारको शूल्क नलिईकनै निःशूल्क रुपमा भोजन गराइदैछ । 

 

विकास अफसेट प्रेस जनकपुरका प्रोपाईटर समेत रहेका गुप्ताले स्थानीय अन्य १८ जना व्यापारीहरुको सहयोगमा श्रद्धालुहरुलाई पुरी, तरकारी र बुनिया निःशुल्क भोजन गराइने गरेको गुप्ताले बताए । उनका अनुसार निःशुल्क भोजनको शिविर आज साँझसम्म चल्ने छ । 

 

विहान ७ बजेदेखि सुरु गरिएको निःशुल्क भोजन शिविरमा बाहिरबाट आएका श्रद्धालुहरुलाई आग्रह गर्दै भोजन गराइने गरेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर २६ बुधबार

Bureau Menus