सुनसरीमा लागूऔषध सहित १ पक्राउ !

गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको । 

२०७५ मङ्सिर २४ सोमबार
दिउसो १२:१० बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बसन्त टोलबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । 

 

इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित ईलाम सन्दकपुर गाउँपालिका ४ बस्ने बर्ष १८ को रोशन गुरुङलाई पक्राउ गरेको हो । 

 

शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा २ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद गरिएको हो । 

 

गाँजा सहित पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ मङ्सिर २४ सोमबार

Bureau Menus