बिना कारण विद्यालयमा छुट्टी

२०७५ मङ्सिर १८ मंगलबार
बिहान ०९:३८ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम स्थित धनुष जनता उच्च माध्यमिक विद्यालयमा विना कारण छुट्टी दिने गरेको छ । 


सोमबार विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले त्यतिकै विद्यालय बन्द गरेको बताए । विगतदेखि नै अध्ययन अध्ययापनलाई लिएर तालाबन्दी गर्दै आएका विद्यार्थीहरुले परीक्षा नजिक हुन लाग्दा विद्यालयको वेतिथिप्रति आक्रोस व्यक्त गरेका छन् ।


विद्यालयमा अर्धवार्षिक परीक्षा सम्पन्न भएलगत्तै केही दिन अध्ययन अध्ययापन गराएको विद्यालयका कर्मचारीहरुले पुनः आफ्नो मौजमस्तीलाई लिएर विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न थालेका छन् ।


आउँदो चैत्तसम्ममा अन्तिम परीक्षा हुने तथा एसईई परीक्षालाई समेत नजरअन्दाज गर्दै विद्यालयका प्रधानाध्यपक साहले आफ्नो मनमौजी गर्न थालेपछि विद्यार्थीहरु पुनः आन्दोलन गर्ने मनोभावमा देखिएको छ । 


धनुषाधाम नगरपालिकाका श्रोत व्यक्ति उद्धव बहादुर थापाको चरम लापरवाही र मिलोमत्तोको कारण मात्र विद्यालयमा वेतिथि पलाएको भन्दै विद्यार्थीहरुले झन आक्रोसित भएका छन् ।


यसरी विना विदाको विदा दिएपछि उनीहरुको दैनिक अध्ययन अध्ययापनमा बाधा उत्पन्न भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७५ मङ्सिर १८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus