लहानमा प्रहरीकै डेरामा पसे चोर, लाखौं लुटेर फरार

२०७५ कार्तिक २ शुक्रबार
बिहान १०:५२ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहाको लाहान नगरपालिका वडा न. २ स्थित प्रहरीकै घरमा दिउँसै चोरी भएको छ । हस्पिटल चौकदेखि करिब ४०० मिटरको दुरीमा रहेको ईन्स्पेक्टर राजेन्द्र यादवको घरमा चोरी भएको हो ।

 

बिहीबार दिनको करिब ११ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोर घरमा पसेर लूटपाट गरेको छ । दसैंको बेला घरका मान्छेहरु मन्दिरमा पुजा गर्न गएको बेला दिनको उज्यालोमै ताला फोडी ५ तोला सुन, २४ तोला चाँदी चोरी भएको घरमुली फुलो देवी बताईन् ।

 

घरमा भाडा लिई बस्ने एक व्यापारी बिरेन्द्र साहले जानकारी दिए अनुसार २० वटा कोठा भएको उक्त घरमा घटनाको बेलामा कोही थिएन । लाहानमा चोरीको घटना व्यापक रुपमा बढनु र लाहान प्रहरीको अनुसन्धानले खासै प्रगति नगर्नुले यहाँका स्थानीयमा विभिन्न शंकाका आधारहरु निर्माण गरेका छन् ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ कार्तिक २ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus