प्रेमिकासँग बस्न अपहरणशैलीमा ससुराली लहानबाट भागेका डाक्टर प्रहरीको चंगुलमा

नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ । 

२०७५ असोज १० बुधबार
बिहान १०:१५ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २
डा. सुभाष कालो टि–शर्टमा र उनका सहयोगी ज्याकेटमा ।

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई प्रहरीले फेला पारेको छ । अपहरण भएको सूचनाको आधारमा खोजबिन सुरु गरेका प्रहरीले उनलाई सर्लाहीको नवलपुरबाट राति ११ पक्राउ गरेको हो ।

 

नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ । अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुटाउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए । मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर अपहरण शैलीमा फरार भएका थिए । 

 

बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

उनी जिल्ला अस्पताल हेटौंडा र त्यहीको अर्काे सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनले हेटौडा–९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी खरेलले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ असोज १० बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus