बर्दिवासको रामाविमा विद्यार्थी आचरण सुधार समुह गठन

२०७५ असोज ७ आइतबार
बेलुकी ७:१७ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, महोत्तरी । सामुदायिक विद्यालयमा शिक्षक र विधार्थी दुबैको आचरण अवस्थालाई देखेर महोत्तरीको बर्दिवास नगरपालिकको पशुपतिनगरमा अवस्थित श्री रामावि पशुपतिनाथ बनरझुल्लामा विद्यालयका बालबालिकाहरु विधार्थी आचरण सुधार समुह गठन गरेको छ ।

 

सनिवार सहयोगी हात संस्थाको सहयोगमा विधार्थीहरु विद्यालयमा जमघट भई २ सदस्यीय विधार्थी आचरन सुधार समुह गठन गरेको हो ।

 

यस समुहले विद्यालयमा रहेका बालबालिकालाई दैनिकी कृयाकलाप, समयमा विद्यालय आउने , अनिवार्य पोशाक , कक्षा भित्र अनुसाशित भई अध्ययन गर्ने, विद्यालय परिसर भित्र हरियालीका लागि बृक्षा रोपन , टिफिन बक्समा खाजा ल्याउने जस्ता कार्य गर्न र गराउन यो समुह गठन भएको सहयोगी हात संस्थाका सदस्य तथा पत्रकार अमृत कुमार महतोले जनाए ।

 

समय बितिरहन्छ यसलाई कसैले रोकेर रोकिँदैन, छेकेर पनि छेकिँदैन । बितिसकेको समय फर्केर आउदैन त्यसैले पढ्ने एउटा समय हुन्छ । हामी बालबालिका समयमा पढ्न पाएनौ भने दुख पाउछौ । ठिक तरिकाले शिक्षा र समयको प्रयोग गर्न सकेमा हामी असल देशका कर्णधार बन्छौ भन्ने सोचले यो समुह गठन गरेको समुहकी कोषाअध्यक्ष मंजु कुमारी महतोले बताइन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ असोज ७ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus