न्यूज ब्यूरो समाचार प्रभाव : डिएसपी खड्काको सरुवा फिर्ताको माग गर्दै मिर्चैयामा विरोध प्रदर्शन, उद्योगमन्त्री यादवको पुतला दहन

२०७५ असार २५ सोमबार
बेलुकी ७:२८ बजे

न्यूज ब्यूरो |

सिरहा, २५ असार । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपक खड्काको सरुवा फिर्ताको माग गर्दै मिर्चैयामा सोमबार स्थानीयहरुले सडक तताएका छन् ।

 

डिएसपी खड्कालाई पावरको आडमा षड्यन्त्रपूर्वक सरुवा गरिएको भन्दै स्थानीय बासिन्दाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 

गत असार २३ गते न्यूज ब्यूरोमा डिएसपी खड्काको सरुवाको विषयमा  प्रहरीमाथि नै राजनैतिक हस्तक्षेप, मन्त्रीका आफन्तको घरपुजामा डिजे बन्द गर्दा डिएसपीको सरुवा शिर्षकको समाचार प्रकाशित भएको थियो । 

 

 

ईमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीका डिएसपी दिपक खड्ककालाई उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका प्रसाद यादवको दबाबमा सरुवा गरिएको भन्दै मन्त्री यादव विरुद्ध प्रदर्शनसहित पुतला दहन समेत गरिएको हो ।

 

‘डिएसपी दिपक खड्काको सरुवा फिर्ता गर’ ‘पुलिस प्रशासन माथिको राजनैतिक हस्तक्षेप बन्द गर’ ‘कानुनी राज्य कायम गर’ ‘पुलिस प्रशासनलाई निष्पक्ष ढंगले काम गर्न देउ’ ‘मन्त्रीको दादागिरी चल्दैन’ लगायतका नारासहित स्थानीयहरुले विरोध प्रर्दशन गरेका छन् ।

 


स्थानीयहरुले मिर्चैयाको विभिन्न भागमा विरोध प्रदर्शन गर्दै कटारी चौकमा कोणसभामा परिणत गरि विरोध कार्यक्रम सम्पन्न गरेका छन् । विरोध प्रदर्शनको क्रममा स्थानीयहरुले आधा घण्टा चक्का जामसमेत गरेका थिए ।

 

 

ईमानदारी पुर्वक काम गरिरहेका राष्ट्रसेवकले कसैलाई टेरपुच्छर नलगाएपछि व्यक्तिगत स्वार्थमा उनको बिरुद्ध रातारात सुनियोजित पूर्ण तवरमा षड्यन्त्र रचिएर सरुवा गरिएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन् ।

 

मिर्चैया प्रहरीमाथिको नाजायज राजनैतिक हस्तक्षेप बन्द नभए स्थानीहरुले अनिश्चतकालिन आन्दोलन समेत गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ असार २५ सोमबार

Bureau Menus