न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट नेपालकी सदस्य दाबी गर्ने मँजु मण्डल आफ्नै उम्मेदवार चन्दन सनातनीसँग गद्दारी गरेको आरोप लागेको छ ।
गत फागुन २१ गते सम्पन्न चुनावका लागि उनले चुनावभरि रास्वपालाई हिन्दुविरोधी पार्टी भन्दै तथानाम भनेकी मँजु मण्डल आफैँ रास्वपा (घण्टी) की प्रदेश सदस्य रहेको खुलेको छ । ई. तपेश्वर यादव नेतृत्वको मधेश प्रदेश कमिटिमा मँजु मण्डल प्रदेश सदस्यको रुपमा दर्ता भएकी छन् ।
गत चुनावमा उनले नेपालका लागि नेपाली पार्टी (शँक छाप) बाट चन्दन कुमार झालाई सपोर्ट गरेको देखिएकी थिइन् । चन्दनलाई हिन्दु, सनातनी हुँ भनेर शँख छापको प्रचार फेसबुकमा गरेपनि उनले भित्रैभित्र सो क्षेत्रका निर्वाचित साँसद मनिष झा (घण्टी) पार्टीबाट सदस्य रहेको पाईएको छ ।

समाजिक सँजालमा उनले मनिष झालाई भगवानको नाममा, धर्मको नाममा भोँट मागेको भन्दै तथानाम भनेको भिडियो अझै छ । उनले मनिष रास्वपा हिन्दु विरोधीहरुको पार्टी हो भनेर चुनावमा समाजिक सँजाल मार्फत विरोध जनाउँथिन्, तर मँजु भित्रैभित्र पहिलेदेखि नै रास्वापमा प्रदेश सदस्य बनिसकेकी थिइन् ।

उनकै टिमका एक जनाले नाम नखोल्ने शर्तमा भने, “यदि उसले आफ्नै सनातनीहरुसँग गद्दारी गरेको छैन भने रास्वपाबाट गद्दारी साबित हुन्छ । यदि शँकको मत मागेको हो भने घण्टीसँग गद्दारी, यदि घण्टीको मत मागेको हो भने सनातनीसँग गद्दारी गरेको हुनुपर्छ ।”
चुनाव अघिदेखि नै रास्वपाको मधेश प्रदेश कमिटी गठन भएको हो । यस अनुसार, उनी पहिलेदेखि नै रास्वपाकी सदस्यता लिइसकेकी थिइन् ।

केही दिन अगाडी जनकपुरमा भएको जनकपुर साहित्य महोत्सवमा विशुद्द रास्वपाको कार्यक्रममा मँजुको सक्रिय सहभागिताले उनको सदस्यता हुनुपर्ने खोजविन भएको थियो । मधेश प्रदेश कमिटिमा उनको सदस्यता देखिएको छ ।
ईटा भट्टामा ईटको चाँग (थक्कीं खस्दा तीन मजदुरको च्यापिएर मृत्यू, दुई घाईते
- २०८३ जेठ ७ बिहीबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा गोडैता
पूरा पढ्नुहोस्





