न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला बिरेन्द्रबजार–यदुकुहा–महिनाथपुर सडकखण्ड अन्तर्गत पर्ने श्री राम चौक, भठिहन बजार–९ मा स्थानीय समाजसेवीहरूको सक्रिय पहलमा नयाँ ट्राफिक प्रहरी बिट निर्माण गरिएको छ ।
यसअघि जेन्जी आन्दोलनको क्रममा रहेको ट्राफिक प्रहरी विटमा आगजनी भएपछि त्यहाँ ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको थियो। त्यसले गर्दा यात्रुहरू, सवारी चालक तथा स्थानीय व्यापारीहरूलाई समस्या पर्न गएको थियो ।
स्थानिय समाजसेवीहरूको अगुवाइमा ट्राफिक प्रहरी विटको पुनर्निर्माण गरिनुका साथै दैनिक ओहोर–दोहोर गर्ने सवारी साधनको व्यवस्थापन, सम्भावित दुर्घटनाको न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षामा समेत सहजता हुने अपेक्षा गरिएको छ।
स्थानीय व्यापारी र सर्वसाधारणले ट्राफिक विट पुनः निर्माण भएपछि बजार क्षेत्रमा अनुशासित ट्राफिक व्यवस्था कायम हुने विश्वास व्यक्त गरेका छन्।
ट्राफिक प्रहरी बिट निर्माण कार्यमा सहयोग पुर्याउने सम्पूर्ण स्थानिय दाताहरूप्रति आभार व्यक्त गरिएको बताएका छन ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८२ असोज ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्






