कुनै देशलाई चलायमान राख्न सुरक्षा निकायको अहम भूमिका हुन्छ । देशमा शांति स्थापित गरेर राख्न,नियम र कानूनको पालना गराउन तथा गलत गर्ने लाई कठघरा सम्म उभ्याउन सुरक्षानिकायको अहम जिम्मेवारी हुन्छ । सोही भएर अपराध नियंत्रण देखी समाज र देशको बिभिन्न क्षेत्रमा सुरक्षा गर्न प्रहरी अपरिहार्य छ ।
कर्तव्य पालनकै अवस्थामा गत भदौ २३ गतेदेखि सृजित अवस्थामा तीन सुरक्षाकर्मीले ज्यान गुमाएका छन । अझै नेपाल प्रहरी र शसस्त्र प्रहरीका ६१० सुरक्षाकर्मी घाईते भएका छन । घाईते मध्ये ६९ जना अस्पतालमै उपचाररत छन । आन्दोलनले सुरक्षाकर्मीको ज्यान जानु र घाईतेमात्र नभई प्रहरी कार्यालय र सवारी साधन समेत निसाना बने । देशैभर प्रहरीका ८२ कार्यालयमा पुर्ण तोडफोड र आगजनी गरिएको छ भने १२४ कार्यालय तथा पोष्टहरुमा आंसिक क्षति पुगेको छ । यता १९ हेवी गाडी,८० लाईट गाडी र १३७ मोटरसाईकल आन्दोलनमा जलाइए । आन्दोलनकै क्रममा उनीहरुको हतियार र बर्दी समेत लुटिए । धेरै ठाउँबाट सुरक्षाकर्मीहरु ज्यान जोगाउन नै भाग्नु पर्यो । सुरक्षाकर्मीको ज्यान धेरै स्थानमा असुरक्षित हुदा देशमा विधिको शाषण नै केहि समय बन्धकी परेको आभाष भयो । देश र जनताको लागि खटिदा सम्मान पाउनु पर्ने स्थानमा अपमानित हुन पुगे । उनीहरुको युनिफर्म समेत आन्दोलनकारीहरुले जलाए,लगाए र युनिफर्मकै गरिमामाथि प्रहार गरे ।
अहिले देशैभर प्रहरी पुनः आफ्नो पोष्ट तथा कार्यालयमा फर्केर जलेकै र तोडफोड भएका कार्यालयहरु सरसफाइ गरि पुनः उठ्न प्रयास गर्दैैैछन । सिंगो संगठनकै कम्मर टुटेको अवस्थामा पुनः उठ्नु भने सामान्य कुरा होईन तथापी उनीहरु देश र जनताप्रतिको जवाफदेहिता पुरा गर्न तल्लिन छन ।
किन आयो यस्तो अवस्था ?
जनपद प्रहरी,शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरी देशलाई नभई नहुने सुरक्षा युनिट हो । सामान्य झैझगडा देखि जघन्य प्रकृतिको अपराधमा समेत प्रहरी चाहिन्छ भने देशमा ट्राफिक व्यवस्था सन्तुलित बनाएर राख्न समेत उनीहरुको त्यतीकै महत्व छ । सुरक्षानिकायसंग यति धेरै रिस किन ? भन्ने प्रश्न उठ्न सक्ला ।
निश्चय पनि युवाको नाममा भएको आन्दोलनमा विभिन्न दल तथा व्यक्तिले आफ्नो स्वार्थ साध्न विभिन्न ठाउमा विभिन्न स्वार्थ अनुसारको उनीहरुले घुसपैठ गरेको चर्चाको विषय छ । यस्तो अवस्थामा घुसपैठले सार्वजनिक सम्पतीको क्षति रोक्न सुरक्षाकर्मी अपरिहार्य थियो तर माथिबाट पर्याप्त र आवश्यक्ता अनुसारको निर्देशन नआउदा सुरक्षाकर्मीले जिम्मेवारी पुरा गरेनन भन्ने चर्चा समेत चलेकै हो । अर्को भिड अनुसारको सुरक्षानिकायले तयारी नगर्दा र पहिलो दिनकै आन्दोलनमा आवश्यक्ता भन्दा निक्कै धेरै बल प्रयोग गर्दा सोहि दिन १९ जना युवाको मृत्युले आन्दोलन उग्र बनेको बुझाई छ । जुनसुकै अवस्थामा भिडलाई नियन्त्रण गर्न सक्ने सुरक्षानिकायलाई तालिम दिइएको हुन्छ तर सोहि तालिमको सदुपयोग भएको देखिएन । अझै युवाहरुको टाउको र छातीमै गोली प्रहार गरेर सुरक्षा निकायले भिडलाई उग्र बनाएको देखिन्छ ।
काठमाण्डौमा युवाहरु सडकमा आएपछि विकसित भएको अबस्था र त्यस अबस्थामा प्रहरीको भूमिका बर्तमान अबस्थाको जड़ो भएको समेत बताईन्छ । प्रोटेस्ट(प्रदर्शन)मा यति धेरै युवा आउछन भन्ने आंकलन सुरक्षा संयन्त्र बाट संभवत हुन सकेन । यसमा निश्चय पनि नेपालको इंटेलिजेंस एजेंसी चुकेको हुनु पर्छ वा उनीहरुले दिएको इन्फोरमेशनको वेवास्ता गरिएको हुनुपर्छ ।
लामो समय देखी वर्तमान राजनीतिक चरित्र र बढ्दो अनियमितता तथा सरकारले बल्जफती लगाउन खोजेको सामाजिक संजाल लगायतको प्रतिबंधले युवाहरु आक्रोशमै थिए जसलाई पहिलो दिनको आन्दोलनमा चलेको गोलीले बल दिएको देखिन्छ ।
यही आक्रोशले सरकारलाई देखाईदिने वा झुकाई दिने सम्मको निर्णयमा पुगेको दिशा र निर्देशन बिहीन वा वास्तविक आन्दोलनकारी वाहेकका परिचालित युवाहरुको केहि समूह संसद भवन तर्फ गएको आकंलन छ । उनीहरुलाई उता जान निर्देशित गर्ने वा बहकाउने घुसपैठिया समेत हुन सक्ने कुरा नकार्न सकिन्न । तर जो वास्तविक प्रोटेस्टर थिए उनले आफ्नो कार्यक्रम सकिसकेको र सबैलाई फर्किन सूचना जारी गरेको कुरा समेत आएको छ ।
संसद भवन तर्फ लम्केको भीड़ अत्यधिक भएपछि बिल्कुलै तयारी अबस्थामा नरहेको वा माथि बाट दमन को निर्देशन पाएको सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाएको आम बुझाई छ । भिडले प्रतिबंधित गरिएको देशको सर्वोच्च स्थलमा जानी जानी प्रहरीलाई ढुङ्गा हानेर र भित्र प्रवेश गर्न खोजेर उनीहरुलाई एक्शनमा आउन बाध्य पारेको हुन सक्छ । तर बाध्य पारेर वा माथि को निर्देशन भएपनि प्रहरीले दंगा नियंत्रणको सामान्य सिद्धान्त समेत पालना नगरेको पक्कै हो ।
प्रहरी डराए वा निर्देशित थिए त्यो छानविनले टुंग्याउला । तर गोली नै चलाउनुको विकल्प उनीहरुले रोजेनन । वरु आन्दोलनकारीमाथि वर्वर दमन गरिरहे ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक तथा सुचना तथा संचारमन्त्री पृथ्वी सुव्वा गुरुंग तिनैजनाले सुरक्षा निकाय प्रमुखहरुलाई दवावमा राखेर आन्दोलन जुनसुकै अवस्थामा नियन्त्रणमा लिन निर्देशित गरेको हुनु पर्ने एकथरीको धारना छ । यसवारे समेत छानविनले नै प्रष्ट हुनेछ । तर भएको घटनाको जिम्मेवारी तिनैले लिनुपर्ने हुन्छ । दमनले आन्दोलन शान्त नभई अझै भडकिने भएकोले भदौ २३ गते प्रहरीको दमन गरेकै हुन भन्नेमा दुईमत नहोला । जिम्मेवार सुरक्षानिकाय वा उनलाई निर्देशन दिने मन्त्री वा प्रधानमन्त्री जोसुकै भएपनि आफ्नो हक र अधिकारको लागि आवाज उठाउनेको ज्यान नै लिने कार्यलाई अपराध सरह मानेर सम्बन्धित सुरक्षाकर्मी,मन्त्री र प्रधानमन्त्री समेतलाई कठघरामा उभ्याउन सक्नु पर्ने हुन्छ ।
आन्दोलनकै अवस्था बाहेक सामान्य समयमा सुरक्षानिकायका विभिन्न पदका व्यक्तिहरुले गर्ने गरेको अनियमितता पनि उनीहरु प्रतिको आक्रोसको एक कारण हुन सक्छ । सिमानाकामा हुने गरेको तस्करी,विभिन्न मुद्दामा आर्थिक लेनदेन र ट्राफिकको चिट काट्ने नाममा हुने गरेको आर्थिक चलखेल, सर्वसाधारणमाथि अनाहक दुर्ववहार लगायतले समेत सुरक्षानिकायमाथि प्रश्न उठाइरहेको बेला सवैको प्रतिशोध लिने अवस्था सोहि आन्दोलन भएको देखिन्छ ।
सवै सुरक्षाकर्मी खराव नै नभएर असल समेत धेरै भएपनि वर्दीकै आडमा हुने गरेको विभिन्न ज्यादतीको बदला समेत यहि आन्दोलनमा लिएको देखिन्छ ।
समय समयमा विभिन्न भिडियो तथा समाचारहरु सुरक्षा निकाय ईंगित अनियमिततावारे प्रमाण दिईरहदा समेत पावर र पहुचकै आधारमा त्यसता हर्कत गर्ने सुरक्षानिकायका कारिन्दाहरु कार्यवाहीबाट बच्ने गरेकोले समेत युवा कार्यवाहीमा प्रहरी प्रति केहिले सहानुभुति नदेखाएको हो कि भन्ने एक थरीको बुझाई भएपनि जुनसुकै अवस्थामा क्षति र अपमानलाई वढावा दिन सकिन्न ।
तर हामीले यति भनिरहदा सरकार र सुरक्षानिकायमात्र दोषी भएको भाष्य पनि गलत हुन्छ । घुस लिने जति जिम्मेवार हुन्छन घुस दिने पनि त्यती नै जिम्मेवार हुनु पर्छ ।
सुरक्षानिकाय हामीलाई नभई नहुने सुरक्षाअंग हो । संगठन भित्र समेत सुधारको आवश्यक्तालाई सरकारले गम्भिरता पुर्वक लिनु पर्ने हुन्छ । सुरक्षानिकायलाई कुनै नेतालाई नमस्कार गरेर प्रमोशन पाउने निकायको रुपमा नभई उसको काम,कर्तव्य र जिम्मेवारीको आधारमा प्रमोशन दिने अवस्था ल्याउन सक्नु पर्दछ । वर्दी धारकले वर्दी पाईसकेपछि त्यसको सम्मान गर्दै वर्दीले दिएको अधिकार र जिम्मेवारी कर्तव्यनिष्ठ भएर निभाउन सक्नु पर्दछ ।
आम नागरिकले समेत सुरक्षाकर्मी हाम्रै सुरक्षाको लागि हुन भनेर बुझ्नु पर्दछ । अहिले केहि दिनमात्र प्रहरी सडकमा नहुदा हामीले धेरै अपराध र घटनाको सामना गर्नु पर्दा हामीले खोजेको त्यही सुरक्षाकर्मी हुन । तर उग्र भएर तिनै सुरक्षाकर्मीको वर्दी लगाइदिनु र उनीहरुलाई अपमानित गर्नु अशोभनिय छ ।
तर यति भनिरहदा जेन जी आन्दोलनमा सुरक्षाकर्मीको तर्फबाट जुनसुकै वहाना र अवस्थामा भएको दमन स्विकार्न भने सकिदैन । आन्दोलनको क्रममा आन्दोलनकारीमाथि गोली चलाउने घटनाको छानविन गरि दोषी सुरक्षाकर्मी र उनलाई दमन गर्न निर्देशन दिने पुर्वप्रधानमन्त्री,गृहमन्त्री र संचारमन्त्री लगायतलाई समेत कानुनी कठघरामा उभ्याउन सक्नु पर्छ ।
रञ्जन भण्डारी
लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब
- २०८२ असोज ४ शनिबार
- शशिकान्त मण्डल
राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने
पूरा पढ्नुहोस्



