
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम घोषीत भएको छ ।
प्रदेशको स्थायी राजधानी सम्बन्धी प्रस्ताव पारित हुँदै जनकपुरधाम स्थायी राजधानी भएको छ ।
आज खसेको कुल ७८ मत जनकपुरधामको लागि आएपछि बहुमतले पारित भएको हो । प्रदेश साँसदको सँख्या १०४ जना रहेकोमा उपस्थिति ९९ जना साँसदहरुमध्ये स्थायी राजधानीको लागि ७८ जनाले जनकपुरधामको लागि मत हालेपछि बहुमतले जनकपुरधाम स्थायी राजधानी पारित भएको हो ।
प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधामको लागि प्रस्ताव पेश गरेका थिए । अहिले भर्खरै करिब ३ बजेर २७ मिनेटमा भोँटिँग सम्पन्न भएपछि राजधानी बहुमतले पारित भएको हो ।
उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान प्रक्रिया सुरु भएको थियो ।
स्थायी राजधानी बहुमतले पारित गर्नको लागि नियम बमोजिम ७० मत आवश्यक रहेकोमा उपस्थित ९९ जना साँसदमध्ये ७८ जनाले जनकपुरधामलाई छानेपछि बहुमतले स्थायी राजधानी जनकपुर पारित भएको हो ।
अब नामको लागि मतदान प्रक्रिया सुरु हुने भएको छ । स्थायी राजधानी दुई तिहाई भन्दा अधिक मत पाएपछि जनकपुरधाम आजदेखि स्थायी राजधानी घोषित भएको हो ।
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०७८ माघ ३ सोमबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्