मधेश सरकारको बजेट

प्रदेश २ मा ३३ अर्ब बढी बजेट : कोरोनाभन्दा पोखरी सौन्दर्यीकरणमा करोडौं बजेट 

प्रदेश नम्बर २ भरि रहेको पोखरीहरु सौन्दर्यीकरणकै नाममा ३२ करोड रुपैयाँ छुटयाएको जनाइएको छ । 

२०७८ असार १ मंगलबार
बेलुकी ५:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले ३३ अर्ब बढीको बजेट ल्याएको छ ।प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७८/७९ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार ल्याएको हो । 

प्रदेश २ सरकारले कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमान सहितको बजेट प्रस्तुत गरेका छन् । 

जसमा चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार , पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यावस्थापन तर्फ १० करोड रकम विनियोजन गरिएको बताइएको छ । 

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोमबार बजेट प्रस्तुत गर्दै प्रदेश नम्बर २ मा औषधि उपचार, अक्सिजन सिलिन्डर, रेमडिसिभर, रिएजेन्टसहितका सामग्री खरिदका लागि २० करोड रुपैयाँ रकम छुट्ट्याइएको बताए । त्यसैगरी विभिन्न अस्पतालमा मेसिन खरिदका लागि थप रकम छुट्ट्याइएको छ । 

त्यसबाहेक मिर्गौलाका बिरामीहरूका लागि ३५ थान डाइलाइसिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने मन्त्री यादवले जानकारी दिए ।

यसका साथै, पोखरी सौन्दर्यीकरणको लागि ३२ करोड रुपैयाँ छुटयाएको हो । प्रदेश नम्बर २ भरि रहेको पोखरीहरु सौन्दर्यीकरणकै नाममा ३२ करोड रुपैयाँ छुटयाएको जनाइएको छ । 

मुख्यमन्त्री स्वच्छता अभियानको लागि ३१ करोड रुपैयाँ छुटयाएको छ भने मठ मन्दिर सौन्दर्यीकरण र निर्माणको लागि १५ करोड रुपैयाँ छुटयाएको हो । 

त्यस्तै, जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट अनुसन्धानका लागि चालू आर्थिक वर्षमा ९ करोड बुझाइसकेको र अगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ ।एडाभन्स सिटि स्कयान मेसिन, आईसीयूका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपौयाँ विनियोजन गरिएको छ ।

प्रत्येक जिललमा एक/एक वटा नमुना विद्यालय स्थापना तथा शैक्षिक स्तर अभिवृद्धि गर्न २४ करोड, समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीका लागि खेलकुद तथा खेलमैदान बनाउन ८ करोड विनियोजन गरिएको छ । अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका सहिद परिवारलाई छात्रवृत्तिका लागि २ करोड, एक विद्यालय एक नर्सलाई निरन्तरता दिँदै ३ करोड ५० लाख विनियोजन गरिएको छ । विपन्न परिवारलाई रोजगारीका लागि ८ करोड, युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ ।

उद्योगशिलता मार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख विनियोजन गरिएको छ । प्रदेशमा खेलकुद मुख्यमन्त्री रनिङ प्रतियोगिता, प्रदेशभित्रको मौलिक, धार्मिक क्षेत्रको विकासका लागि १६ करोड, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दुग्ध उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि ४ करोड, दूध तथा मासु मिसन कार्यक्रममा, पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट विनियोन गरिएको छ ।

 

चुरे संरक्षणका लागि १८ करोड ३६ लाख , सडक किनारमा वृक्षारोपण र फलफूल लगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख, प्रदेशको हरेक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण संवर्द्धनका लागि ३२ करोड, मठ मन्दिर, धार्मिक गुम्बा लगायतका संरक्षणका लागि १८ करोड, पर्यटकीय पूर्वाधार निर्माण र सम्पदा संरक्षणका लागि १५ करोड, हरेक निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड, स्नो सिटी फन पार्कका लागि १६ करोड, प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निरन्तारता दिँदै ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा संचालनमा रहेका दलित गरिब आवस निर्माणको निरन्तरता दिन ८ करोड, विपन्न नागरिकलाई लक्षित गरी सुरक्षित आवासका लागि महेन्द्र नरायण निधि अवाास आयोजना शुभारम्भका लागि २० करोड, प्रदेशको कृषि विकास सुदृढिकरणका लागि मझौला सिचाइ आयोजना निर्माणका लागि ४१ करोड, बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड, वडादेखि सदरमुकाम जोडने सडक निर्माण र ढालान गर्न ६८ करोड, सार्वजनिक निर्माण सम्बन्धी कार्यका लागि २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लागि ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

सुरक्षा निकायको भौतिक संरक्षण निर्माणका लागि, लागूऔषध नियन्त्रण, मधेस सहिद पार्कका लागि १ करोड ५० लाख, मधेस आन्दोलनका पीडित, सहिद परिवारका छात्रछात्राका लागि छात्रवृत्तिका लागि बजेट विनियोजन गरिएको छ । प्रदेशको ८ जिल्लामा दलित छात्राबासका लागि ८ करोड, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि २० करोड बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ यहाँ हेर्नुहोस:

 prades2budgett.pdf

  • 13%
  • 13%
  • 13%
  • 13%
  • 25%
  • 13%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७८ असार १ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus